Monday, 15th June, 2026
वि.स.

आफूखुशी विद्यालयमा विदा दिन नपाइने

school-1581385314.jpg

हेटौंडा उपमहानगरपालिकामा वडा कार्यालय र शिक्षक महासंघले समेत विद्यालयमा विदा दिएर विद्यार्थीको पढाइमा खेलवाड गरेपछी स्थानीय सरकारले आफुखुसी विद्यालय बन्द गर्न नपाउने निर्णय गरेको छ ।

सामुदायिक तथा निजी विद्यालयमा कुनै कारणवस वन्द गर्ने अधिकार स्थानीय सरकारलाई मात्र छ । तर, यसको नियम विपरित प्रदेशको स्थायी राजधानी घोषणा भएको अवसरमा भन्दै हेटौंडा ६ वडा कार्यालयले वडाभरीका विद्यालय बन्द गरिएको थियो । 

पढाइमा बाधा पुग्नेगरी आफुखुसी विद्यालय बन्द गर्ने परिपाटी भएपछी उपमहानगरपालिकाको स्वीकृति विना विद्यालय वन्द गरेमा कार्बाहीको दायरामा ल्याइने हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताए । सूचना निकालेर वडामा विद्यालय वन्दको आवहान गर्ने हेटौंडा ६ का वडा सचिवलाई उपमहानगरपालिकाले स्पष्टीकरण सोधीसकेको छ ।

हेटौंडा उपमहानगरपालिकाको शिक्षा समितिले बिद्यालयका शिक्षक वा कर्मचारीको कुनैपनि कारणबाट मृत्यु भएमा सोही बिद्यालय मात्र वन्द गर्ने निर्णय गरेको छ । शिक्षा समितिको बैठकले कुनैपनि शिक्षकको मृत्यु भएका नगरभरीका विद्यालय बन्द गर्दै आएको थियो । तर, अव भने जुन विद्यालयको शिक्षक वा कर्मचारीको मृत्यु हुन्छ त्यही विद्यालय बाहेक अरु सवै विद्यालय सञ्चालन हुनुपर्ने हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले  बताए । 

कुनै विद्यालयका शिक्षकको मृत्यु भएपछी शोकमा स्थानीय सरकारको सहमती बिना एसअघि पनि शिक्षकहरुले एक दिन आफुखुसी नगरभरीका विद्यालय बन्द गरेका थिए । शिक्षक संगठनका नाममा आकस्मिक रुपमा विद्यालय वन्द गर्दा केही विद्यालयका विद्यार्थीहरु विद्यालय आएर घर फर्कनुपरेको थियो । कुनैपनि कारणवस विद्यालय विदा गर्नुपरेमा स्थानीय सरकारको स्वीकृतिमा मात्र विद्यालय वन्द गराउन पाउने नियम छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०