Wednesday, 26th August, 2026
वि.स.

अवरुद्ध त्रिभुवन राजपथ खुल्यो !

Bato-Khulyo-01-1532348069.jpg

मकवानपुर भिमफेदी गाउँपालिकाको भैसेमा भएको सडक अवरोध खुलेको छ । ७ साउन  विहान ८ बजेबाट पहिरो झरेपछि अवरुद्ध भएको सडकमा डिभिजन सडक कार्यालय हेटौंडाको डोजरले पहिरो पन्छाएपछि आवागमन खुल्ला भएको हो ।  

त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी गाउँपालिका अन्तर्गत पर्ने उक्त ठाउँमा सुख्खा पहिरो खसेको थियो । सडक पुरै ढाकिने गरी आएको पहिरोले आवागमन रोकिएपछि अलपत्र परेका सयौ यात्रुहरु गन्तव्यतर्फ गएका छन् । 
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif