nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

अर्थमन्त्री पौडेलको बोल्ड निर्णय - सबै स्थानीय तहमा मङ्सिर १५ मा एकैपटक अस्पताल शिलान्यास

Bishnu-1603123596.png

सरकारले सबै स्थानीय तहमा ५ देखि १५ शय्यासम्मको अस्पताल मङ्सिर १५ मा एकैपटक शिलान्याश गर्ने गरी तयारी थालेको छ । २ कार्तिकमा अर्थमन्त्रालयमा अर्थमन्त्री विष्णु पौडेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकालको उपस्थितिमा दुवै मन्त्रालयका पदाधिकारीहरू बीच कोरोना रोकथाम नियन्त्रण र समन्वय गर्न बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'स्थानीय तहमा ५ देखि १५ शय्याका आधारभूत अस्पताल स्थापना गर्ने सरकारको नीति अनुसार स्वास्थ्य पूर्वाधार निर्माणका लागि रकम उपलब्ध गराइसकिएको छ । सो सन्दर्भमा निर्माण गरिने ती अस्पतालहरूको डिजाइन स्वास्थ्य मन्त्रालयले तयार गरी सम्बन्धित स्थानीय तहमा उपलब्ध गराउने र सबै पालिकामा अस्पताल भवनको शिलान्याश मङ्सिर १५ गाते गर्ने गरी तयारी मिलाउने ।'

त्यसका लागि आवश्यक पर्ने आइसीयु, एचडीयु, भेन्टिलेटर लगायतका मेसिन उपकरण तकाल खरिद गर्ने गरी तयार कार्ययोजना अनुसार खरिद प्रक्रिया मन्त्रालयले अघि बढाउने र आवश्यक पर्ने स्रोत अर्थ मन्त्रालयले मिलाउनेसमेत बैठकले निर्णय गरेको हो ।

यससँगै भविष्यमा दिनुपर्ने खोप सेवाको आपूर्ति सुनीश्चित गर्न आवश्यक कूटनीतिक र अन्य पहल अर्थमन्त्रालयले परराष्ट्र मन्त्रालय र स्वास्थ्य मन्त्रालयको सहयोगमा अघि बढाउनेबारेमा सहमति जुटेको थियो ।

बैठकले आपतकालीन औषधिको प्रयोगलाई व्यवस्थित गर्न मौजुदा औषधि ऐनमा सामयिक संशोधन गर्न स्वास्थ्य मन्त्रालयले प्रक्रिया अघि बढाउने निर्णय समेत गरेको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)