Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

अन्तर्राष्ट्रिय उडान कात्तिक मसान्तसम्म रोक्ने, दसैँबारे यस्तो व्यवस्था !

cabinet_meeting-1602512878.jpg

सरकारले कोरोना भाइरसको महामारीलाई थप बढ्न नदिनका लागि अन्तर्राष्ट्रिय उडान कात्तिक मसान्तसम्म प्रतिबन्ध लगाएको छ ।

असोज मसान्तसम्म रोक लगाइएको अन्तर्राष्ट्रिय उडानलाई कात्तिक मसान्तसम्म लम्बाउने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । अहिले निश्चित क्षेत्रबाट भने उडान सञ्चालन भइरहेको छ ।

मन्त्रिपरिषद् बैठकले दसैँबारेमा पनि नयाँ निर्णय गरेको छ । दसैँमा आवतजावत धेरै हुने भएकाले अहिले रहेकै ठाउँमा दसैँ मनाउने व्यवस्था गर्ने निर्णय बैठकले गरेको छ । त्यसका लागि के कसरी निर्णय कार्यान्वयन गराउने भन्ने विषय भने सम्बन्धित मन्त्रालयले जानकारी गराउने भएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०