Monday, 15th June, 2026
वि.स.

अध्ययन केन्द्रको अध्यक्षमा गोपाली

थाहा नगरपालिका वडा नम्बर १ मा रहेको सुनौलो सामुदायिक सिकाइ केन्द्रको तेस्रो अधिवेशनले अध्यक्षमा रुपचन्द्र गोपालीलाई सर्वसम्मन निर्वाचित गरेको छ । 

थाहा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष हेरमन गोपालीको प्रमुख आतिथ्यमा भएको अधिवेशनले गोपालीलाई अध्यक्षमा सर्वसम्मत जिर्वाचित गरेको हो । केन्द्रको सचिवमा रेणु गोपाली चयन भएकी छिन् भने पदेन सदस्यहरुमा थाहा नगरका शिक्षा शाखा प्रमुख शोभाकर रेग्मी, वडा अध्यक्ष हेरमान गोपाली, सुनौला माविका प्रधानाध्यापक कृष्ण प्रसाद लामिछाने रहेका छन् । त्यसैगरी सदस्यहरुमा देवेन्द्र गोपाली र सोनु गोपाली चयन भएका   हुन् । 

अधिेवेशन सानुकाजी गोपालीको सभाध्यक्षतााम भएको थियो । गोपालीले दुई कार्यकाल अध्यक्ष भएर अध्ययन केन्द्र संचालन गरिसकेका छन् । अध्ययन केन्द्रले थाहा नगरपालिकासंग समन्वय गरी शिक्षा तथा साइारताको लागि जनचेतनामुलक कार्यक्रम संचालन गर्ने उद्देश्य रहेको छ । थाहा नगरपालिकाको एक मात्र संचालनमा रहेको सामुदायिक अध्ययन केन्द्र दैनिक रुपमा खुल्ने गरेको छ । विहान र बेलुकाको समयमा उक्त कार्यालय स्थानीयहरुको अध्ययनको केन्द्र बन्दै गएको छ ।  



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०