nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

अध्यक्ष रायमाझीले भने–'ओलीले संविधान विपरित काम गर्दै जनमत कुल्चे'

Masal-1612364529.jpg

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) थाहानगर अध्यक्ष अरुण रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीले शक्तीको आडमा असंवैधानिक काम गरेको आरोप लगाएका छन् । उनले संविधान विपरितको काम गर्दै जनमत कुल्चेको उल्लेख गरे ।  २१ माघमा संवैधानिक आयोगहरुमा गरेको नियुक्ति संविधान विपरित भएको अध्यक्ष रायमाझीको तर्क थियो । प्रधानमन्त्री ओलीले संविधान विपरितका कामहरु गरेको विरोधमा दशैभर मसाल जुलुस गरी विरोध जनाउने क्रममा २१ माघ साँझ थाहानगरमा पनि विरोध भएको छ । राँके जुलुस पछिको कोण सभालाई सम्बोधन गर्दै रायमाझीले यस्तो बताएका हुन् । 

साँझ थाहा नगरको शिखरकोटबाट शुरु भएको मसाल जुलुस ओखरबजार पुगेर फर्की थानाबजार स्थित इलाका प्रहरुी कार्यालय अघि मा कोण सभामा परिणत भएको थियो । मसाल जुलुसमा सहभागीहरुले सरकारका विरुद्ध नाराबाजी गरेका थिए । मसाल जुलसमा नेकपा जिल्ला सदस्य विनायक गोले, जयराम रायमाझीलगायत जिल्ल कमिटी, नगर कमिटी, वडा कमिटिका प्रतिनीधिहरुको बाक्लो उपस्थिती रहेको थियो ।  
 
यसैबीच नेकपाले सरकारको संविधान विपरितका कामहरु गर्न थालेको भन्दै २२ माघमा आम हड्तालको घोषणा गरेको छ । आम हडतालको पुर्व सन्ध्यामा मसाल जुलुस प्रदर्शन गरेको हो । आम हड्तालको दिन २२ माघमा विद्यालय, बैंक तथा वित्तिय संस्था, उद्योग कलकारखाना, व्यवशाय लगायत बन्द गर्न नेकपाले आव्हान गरेको छ ।   
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)