Tuesday, 16th June, 2026
वि.स.

अग्रपंक्तिका डाक्टर, नर्स तथा स्वास्थ्यकर्मी मानसिक रोगको शिकार

dipration-1592043745.jpg

नेपालमा कोरोना भाइरस रोग(कोभिड १९)को उपचारमा अग्र पंक्तिमा खटिएका डाक्टर, नर्स, प्रयोगशालाकर्मी लगायत स्वास्थ्यकर्मीहरु मानसिक तनावमा रहेका छन् । उनीहरुमा लामो समयको खटाई, व्यक्तिगत सुरक्षा सामग्रीको अभाव, कोरोना भाइरस संक्रमणको डर, घर–समाजको असहयोगले उनीहरुको मानसिक स्वास्थ्यमा असर देखिएको हालै गरिएको एक अध्ययनको निष्कर्ष रहेको छ ।

नेशनल एकेडेमी फर मेडिकल साइन्सेस  का मनोचिकित्सक विभागका सह–प्राध्यापक डा.देब्रत जोशीको सुपरीवेक्षणमा आवासीय चिकित्सक डानविन देवकोटा र त्रि.वी चिकित्साशास्त्र संस्थानका जनस्वास्थ्य विभागका प्रतिक खनालको नेतृत्वमा स्वास्थ्यकर्मीहरुको अवस्थाका विषयमा गरिएको अध्ययनबाट कोरोना उपचारमा अग्र पंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरुमा मानसिक रोगको लक्षण देखिएको पाइएको हो ।

बैशाख १४ देखि ३० गतेसम्म गरिएको अनलाइन सर्भेमा सातै प्रदेशका गरि ४७५ जना स्वास्थ्यमकर्मीहरु सहभागि थिए । जसमा १६२ जना डाक्टर, १६७ जना नर्स र प्रयोगशालाकर्मी, जनस्वास्थ्यकर्मी लगायतका अन्य स्वास्थ्यकर्मी १४६ जनाले सर्भेमा आफ्नो बारेमा जानकारी गराएको अध्ययन नेतृत्वकर्ता डा.नविन देवकोटाले बताए ।

उहाँका अनुसार ४१.९ प्रतिशत स्वास्थ्यकर्मीमा एन्जाइटी, ३७.५ प्रतिशतमा डिप्रेशन, ३१.९ प्रतिशतमा अनिन्द्रा र ४६.१ प्रतिशत  स्वास्थ्यकर्मीमा कोरोनाको डर छ ।

कोरोनाको उपचारमा खटिएकै कारण रोग सार्ने आरोपमा घरबेटीले कोठा सर्न दबाब दिएको तथा समुदायले अपहेलना सहन बाध्य भएका स्वास्थ्यकर्मीहरुको हिस्सा ५३.७ प्रतिशत रहेको र उनीहरुमा नै धेरै एन्जाइटी, डिप्रेशन र अनिन्द्राको समस्या धेरै रहेको छ ।

व्यक्तिगत सुरक्षा कवचको अभाव रहेको बताएका ७३.५ प्रतिशत स्वास्थ्यकर्मीहरुमा भने कोभिड सम्बन्धी डर, एन्जाइटी र डिप्रेशनको शिकार भएको जसमा नर्सको संख्या धेरै रहेको देवकोटाले बताउनुभयो ।  यस्तै ४९.५ प्रतिशत स्वास्थ्यकर्मीहरु ओभरटाइम काम गर्नुपर्ने बाध्यता छ जसले उनीहरुमा एन्जाइटी, अनिन्द्राको समस्या निम्तिएको छ ।

५१ जना संक्रमित रहेको अवस्थामा सुरु गरिएको सर्वेक्षण बैशाख ३० गते आइपुग्दा संक्रमितको संख्या १९१ पुगेको थियो

यस्तै घर र समुदायबाट सहयोग नपाउदा, पीपीइ नहुँदा आफैलाई संक्रमण हुने र आफुले घरमा रहेकालाई कोरोना सार्ने डरले  धेरै नर्सहरुमा डिप्रशेन र एन्जाइटीको समस्या देखिएको छ । देवकोटाले भन्नुभयो, यो अध्ययन नेपालमा कोरोना भित्रिएको सुरुवाती दिनको हो,अहिले संक्रमण बढेकाले मानसिक रोगका शिकार भइरहेका स्वास्थ्यकर्मीहरुको संख्या अझै बढेको छ यस अवस्थामा उनीहरुको मानसिक स्वास्थ्यमा पर्न गएको असरको कारण पहिल्याई समाधान गर्नेतर्फ सरोकारवालाको ध्यान जान जरुरी छ स्वास्थ्यकर्मीहरु कोरोना विरुद्धको लडाँइमा अग्रपंक्तिका सिपाही हुन् बैलेमा ध्यान नदिए स्थिति भयावह नहोला भन्न सकिन्न ।

यसका लागि अग्र पंक्तिमा काम गरिररहेका स्वास्थ्यकर्मीहरुलाई केन्द्रित गरि मानसिक स्वास्थ्य कार्मक्रम ल्याउनपर्ने, सिफ्ट अनुसार जनशक्तिको व्यवस्थापन गरि स्वास्थ्यकर्मीलाई खटाउनपर्ने तथा पर्याप्त पीपीईको पर्याप्त व्यवस्था हुनपर्ने सुझाव दिनुहुन्छ देवकोटा । ५१ जना संक्रमित रहेको अवस्थामा सुरु गरिएको सर्वेक्षण बैशाख ३० गते आइपुग्दा संक्रमितको संख्या १९१ पुगेको थियो । हाल नेपालमा संक्रमितको संख्या ५ हजार ६२ पुगिसकेको छ भने १६ संक्रमितको मृत्यु भइसकेको छ ।नेपालमा कोरोना भाइरस रोग९कोभिड १९०को उपचारमा अग्र पंक्तिमा खटिएका डाक्टर, नर्स, प्रयोगशालाकर्मी लगायत स्वास्थ्यकर्मीहरु मानसिक तनावमा रहेका छन् । उनीहरुमा लामो समयको खटाई, व्यक्तिगत सुरक्षा सामग्रीको अभाव, कोरोना भाइरस संक्रमणको डर, घर–समाजको असहयोगले उनीहरुको मानसिक स्वास्थ्यमा असर देखिएको हालै गरिएको एक अध्ययनको निष्कर्ष रहेको छ ।

नेशनल एकेडेमी फर मेडिकल साइन्सेसका मनोचिकित्सक विभागका सह–प्राध्यापक डा।देब्रत जोशीको सुपरीवेक्षणमा आवासीय चिकित्सक डा।नविन देवकोटा र त्रि.वी चिकित्साशास्त्र संस्थान ९आइओएम०का जनस्वास्थ्य विभागका प्रतिक खनालको नेतृत्वमा स्वास्थ्यकर्मीहरुको अवस्थाका विषयमा गरिएको अध्ययनबाट कोरोना उपचारमा अग्र पंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरुमा मानसिक रोगको लक्षण देखिएको पाइएको हो ।

बैशाख १४ देखि ३० गतेसम्म गरिएको अनलाइन सर्भेमा सातै प्रदेशका गरि ४७५ जना स्वास्थ्यमकर्मीहरु सहभागि थिए । जसमा १६२ जना डाक्टर, १६७ जना नर्स र प्रयोगशालाकर्मी, जनस्वास्थ्यकर्मी लगायतका अन्य स्वास्थ्यकर्मी १४६ जनाले सर्भेमा आफ्नो बारेमा जानकारी गराएको अध्ययन नेतृत्वकर्ता डा।नविन देवकोटाले बताए ।

उहाँका अनुसार ४१.९ प्रतिशत स्वास्थ्यकर्मीमा एन्जाइटी, ३७.५ प्रतिशतमा डिप्रेशन, ३१.९ प्रतिशतमा अनिन्द्रा र ४६.१ प्रतिशत  स्वास्थ्यकर्मीमा कोरोनाको डर छ ।

कोरोनाको उपचारमा खटिएकै कारण रोग सार्ने आरोपमा घरबेटीले कोठा सर्न दबाब दिएको तथा समुदायले अपहेलना सहन बाध्य भएका स्वास्थ्यकर्मीहरुको हिस्सा ५३.७ प्रतिशत रहेको र उनीहरुमा नै धेरै एन्जाइटी, डिप्रेशन र अनिन्द्राको समस्या धेरै रहेको छ ।

व्यक्तिगत सुरक्षा कवचको अभाव रहेको बताएका ७३.५ प्रतिशत स्वास्थ्यकर्मीहरुमा भने कोभिड सम्बन्धी डर, एन्जाइटी र डिप्रेशनको शिकार भएको जसमा नर्सको संख्या धेरै रहेको देवकोटाले बताउनुभयो ।  यस्तै ४९.५ प्रतिशत स्वास्थ्यकर्मीहरु ओभरटाइम काम गर्नुपर्ने बाध्यता छ जसले उनीहरुमा एन्जाइटी, अनिन्द्राको समस्या निम्तिएको छ ।

५१ जना संक्रमित रहेको अवस्थामा सुरु गरिएको सर्वेक्षण बैशाख ३० गते आइपुग्दा संक्रमितको संख्या १९१ पुगेको थियो

यस्तै घर र समुदायबाट सहयोग नपाउदा, पीपीइ नहुँदा आफैलाई संक्रमण हुने र आफुले घरमा रहेकालाई कोरोना सार्ने डरले  धेरै नर्सहरुमा डिप्रशेन र एन्जाइटीको समस्या देखिएको छ । देवकोटाले भन्नुभयो, यो अध्ययन नेपालमा कोरोना भित्रिएको सुरुवाती दिनको हो,अहिले संक्रमण बढेकाले मानसिक रोगका शिकार भइरहेका स्वास्थ्यकर्मीहरुको संख्या अझै बढेको छ यस अवस्थामा उनीहरुको मानसिक स्वास्थ्यमा पर्न गएको असरको कारण पहिल्याई समाधान गर्नेतर्फ सरोकारवालाको ध्यान जान जरुरी छ स्वास्थ्यकर्मीहरु कोरोना विरुद्धको लडाँइमा अग्रपंक्तिका सिपाही हुन् बैलेमा ध्यान नदिए स्थिति भयावह नहोला भन्न सकिन्न ।

यसका लागि अग्र पंक्तिमा काम गरिररहेका स्वास्थ्यकर्मीहरुलाई केन्द्रित गरि मानसिक स्वास्थ्य कार्मक्रम ल्याउनपर्ने, सिफ्ट अनुसार जनशक्तिको व्यवस्थापन गरि स्वास्थ्यकर्मीलाई खटाउनपर्ने तथा पर्याप्त पीपीईको पर्याप्त व्यवस्था हुनपर्ने सुझाव दिनुहुन्छ देवकोटा । ५१ जना संक्रमित रहेको अवस्थामा सुरु गरिएको सर्वेक्षण बैशाख ३० गते आइपुग्दा संक्रमितको संख्या १९१ पुगेको थियो । हाल नेपालमा संक्रमितको संख्या ५ हजार ६२ पुगिसकेको छ भने १६ संक्रमितको मृत्यु भइसकेको छ ।

https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०