nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

अग्निपीडितलाई भिमफेदी गाउँपालिकाको सहयोग

आगलागीबाट पीडित बनेकी भीमफेदी गाउँपालिका वडा नंबर ८ इपाकी एकल महिलालाई सहयोग प्रदान भएको छ । गत साता आगलागीबाट पञ्चमाया भ्लोनको घर सहित भुकम्पको पहिलो अनुदानको ५० हजार नगद, लत्ताकपडा, अन्न तथा घरमा रहेको चौपाय जलेर नष्ट भएको थियो ।

विपन्न परिवारका भ्लोन परिवारमा तीनवटा नाबालक समेत रहेको थाहा पाएपछि भीमफेदी गाउँपालिका वडा नंबर ८ का वडा अध्यक्ष जगतमान घिसिङ्गको पहलमा र्निवाचित पदाधिकारीहरुको ब्यक्तिगत सहयोगमा केहि चामल,खाद्य सामग्री तथा ओढने कम्मल सहयोग गरेको भीमफेदी गाउंपालीका ५ नंब वडा अध्यक्ष जहार सिं लामाले बताए ।

राहत सामग्री बितरणका लागीगाउँपालिका उपाध्यक्ष पार्वती राना, गाउँपालीका ८ नं वडा अध्यक्ष जगतमान घिसिङ्ग , ५ नंबर वडा अध्यक्ष जहार सिं लामा, भीमफेदी गाउँपालीका निमित्त प्रशासकीय अधिकृत बद्रि सापकोटा तथा प्राविधिक जयराम चौलागार्इको उपस्थित रहेको थियो ।

विकट स्थान मा रहेका पिडित एकल महिला भ्लोनको तिन वटा बालबच्चा सहित पुष महिनाको चिसो सिरेटोमा छाना विनाको घरमा दुखद जीवनयापन गरेको भएपनि सरकारले भीमफेदी गाउँपालिका वडा नंबर ६ हात्तिसारमा र्निमित नेपाली सेनाले र्निमाण गरेको विपपद ब्यबस्थापन घरमा कुनै प्रयोजन आइ रहेको छैन ।

-सुरेन्द्र राज थीके/भीमफेदी