nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 17th April, 2024
वि.स.
1000043965-1707579226.jpg

२ सय ५५ निर्वाचन अधिकृत तोकिए

स्थानीय तह निर्वाचनका लागि मुलुकभर आवश्यक पर्ने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकिएका छन् । न्यायपरिषद् र न्याय सेवा आयोगको २ फागुनको बैठकले ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको हो ।

तोकिएका निर्वाचन अधिकृतहरूमा न्याय सेवाका अधिकृत ८६, कानुन अधिकृत ३९ र सरकारी वकिलबाट १ सय ३० जना रहेको न्याय परिषद्का सचिव नहकुल सुवेदीले जानकारी दिए ।