Friday, 19th June, 2026
वि.स.

२४ घण्टामा ३३ सय ९ संक्रमित थपिए : ३० जनाको मृत्यु

corona-photo-1604487553.jpg

 पछिल्लो २४ घण्टामा नेपालमा ३३ सय ९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ । 

त्यसैगरी २४ घण्टामा ३८ सय ४४ जना संक्रमण मुक्त भएका छन् । योसँगै कोरोना जित्नेको संख्या १ लाख ४४ हजार ९७८ पुगेको छ । मन्त्रालयका अनुसार अहिले देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ९११ रहेको छ । 

२४ घण्टामा ३० जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या एक हजार ३४ पुगेको छ ।   

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा १३ हजार १४४ पीसीआर परीक्षण भएको थियो । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २४ घण्टामा १५ सय ७०, भक्तपुरमा ११९ र ललितपुरमा १८९ गरेर १८ सय ७८ रहेको छ ।  
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०