Tuesday, 1st September, 2026
वि.स.

रसुवा बाढीमा बेपत्ता थाहा नगरका १९ नागरिकको खोजी कार्य उच्च प्राथमिकतामा : नगरप्रमुख विष्ट

Untitled-design-(3)-1788174858.png

रसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका थाहा नगरपालिकाका १९ जना नागरिकहरूको खोजी तथा उद्धार कार्यलाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको थाहा नगरपालिकाका प्रमुख विष्णु बहादुर विष्टले जानकारी दिएका छन् ।

नगरप्रमुख विष्टले नगरपालिकाको तर्फबाट सोमबार एक प्रेस नोट जारी गर्दै १० भदौ बिहान आएको भीषण बाढीमा परी सयौँ स्वदेशी तथा विदेशी नागरिकहरूसँगै थाहा नगरपालिकाका १९ जना नागरिक समेत सम्पर्कविहीन भएकोमा नगरपालिका अत्यन्त दुःखी र गम्भीर बनेको बताएका छन् ।

बेपत्ता नागरिकहरूको अवस्था पत्ता लगाउन नगरपालिकाको तर्फबाट आवश्यक समन्वयसहित टोली परिचालन गरिएको छ। टोलीले रसुवा, नुवाकोट, पोखरा, चितवन, बर्दघाट लगायतका सम्भावित तथा प्रभावित क्षेत्रहरूमा खोजी कार्यलाई निरन्तरता दिइरहेको नगरपालिकाले जनाएको छ । 

उद्धार तथा खोजी अभियानलाई थप प्रभावकारी बनाउन स्थानीय प्रशासन, सुरक्षा निकाय, जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, विभिन्न संघसंस्था र स्थानीय बासिन्दाहरूसँग आवश्यक समन्वय र सहकार्य भइरहेको प्रेस नोटमा जनाइएको छ ।

यस विपद्को घडीमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग, समन्वय र सहजीकरण गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै नगरप्रमुख विष्टले कठिनाइको यस परिस्थितिमा धैर्य र संयमताका साथ एकतावद्ध भई खोजी तथा उद्धार अभियानमा सहयोग गर्न सबैमा हार्दिक अनुरोध गरेका छन् ।

साथै, बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना समेत व्यक्त गरिएको छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif