Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

हेटौंडामा नेकपा प्रचण्ड–नेपाल पक्षको भेला कस्ले के भने ? [पढ्नुहोस तस्वीरसहित]

नेपाल कम्युष्टि पार्टी (नेकपा) मकवानपुरको आयोजनामा नेकपा प्रचण्ड–नेपाल पक्षको भेला १२ पुसमा हेटौंडामा भएको छ । भेलामा आफ्ना पक्षका मकवानपुरका जनप्रैतिनिधि देखि कार्यकर्ताहरुलाई हेटौंडामा भेला गराइएको हो । सडक आन्दोलनमा रहेको नेकपा पक्षले अब आफ्ना गतिबिधि गाउँ गाउँ सम्म पुर्याउनका लागि नेता कार्यकर्तालाईए निर्देशन दिएको छ ।

कार्यक्रमका प्रमुख अतिथी नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटि सदस्य मुकुन्द न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको विधि, पद्धती र योजनालाई लत्याएर एकल निर्णय गर्ने, बैठकमा सहभागि नहुने र गुट उपगुट चलाउने जस्ता गतिविधि गरेको कारण उनलाई अध्यक्ष पदबाट हटाइएको बताएका छन् ।

हेटौंडामा प्रचण्ड– माधव पक्षको नेपाल कम्युनिष्ट पार्टी नेकपाको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले ओलीले जनमतको उपेक्षा गर्दै प्रतिनिधि सभा भंग गरेर समग्र जनताको विश्वासमाथि घात गरेको बताए ।
त्यसैगरी नेकपाका केन्द्रीय सदस्यहरु क्रमश विरोध खतिवडा, केदार न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीले जनमतको उपेक्षा गर्दै मौजुदा प्रतिनिधिसभा विघटन गरेकोमा आपत्ती प्रकट गरे ।

उनीहरुले आम नेता तथा कार्यकर्ताहरुलाई प्रचण्ड माधव नेतृत्वको नेकपानै कानूनी आधारमा बैधानिक रुपमा ठहर हुने जिकिर गर्दै पार्टीको चुनाव चिन्ह र घोषणा पत्र लिएर उम्मेदवार भएको व्यक्तिमा व्यक्तिगत स्वतन्त्रता नहुने र पार्टीको नीति निर्माणकोे तहले निजलाइ जिम्मेवार बनाउने भएको बताए ।

नेकपा मकवानपुरकी सह– इन्चार्ज एवम् बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तानले सर्वोच्च अदालतमा विचाराधिन रहेको संसद विघटनको मुद्धाको बहसको क्रममा सत्यले जित्ने बताइन् ।

हेर्नुहोस सामाजिक सञ्जालबाट साभार गरिएका  फोटोहरूः

 

        

 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०