Thursday, 5th November, 2026
वि.स.

समता घरेलु लघुवित्तले माग्याे विभिन्न पदमा कर्मचारी

888096260_108984328720079-1793872968.jpg

 ​नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । संस्थाले केन्द्रीय, इलाका तथा विभिन्न शाखा कार्यालयहरूका लागि आवश्यक जनशक्ति माग गर्दै दरखास्त आह्वान गरेको हो । ​संस्थाले व्यवस्थापकीय, अधिकृत र सहायक श्रेणी अन्तर्गतका विभिन्न पदहरूमा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवेदन माग गरेको छ ।

​माग गरिएका पदहरू र आवश्यक संख्या

  •  ​व्यवस्थापकीय श्रेणी: ​वरिष्ठ प्रबन्धक – १ जना ​प्रबन्धक – १ जना ​सहायक प्रबन्धक – १ जना
  • अधिकृत श्रेणी: ​वरिष्ठ अधिकृत – केही ​अधिकृत – केही ​सहायक अधिकृत – केही ​कनिष्ठ अधिकृत – केही
  • सहायक श्रेणी: ​सुपरभाइजर – केही ​वरिष्ठ सहायक – केही ​सहायक – केही ​कनिष्ठ सहायक – केही ​प्रशिक्षार्थी – केही ​आवश्यक न्यूनतम योग्यता
  • ​व्यवस्थापकीय पदहरूका लागि: कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा तोकिएको कार्यअनुभव भएको हुनुपर्नेछ (सहायक प्रबन्धकका लागि स्नातक उत्तीर्ण भएको खण्डमा अधिकृत श्रेणीमा कम्तीमा ७ वर्षको अनुभव आवश्यक) ।
  • अधिकृत पदहरूका लागि: कम्तीमा स्नातक वा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा तोकिए बमोजिमको अनुभव प्राप्त भएको ।
  • सहायक/सुपरभाइजर पदका लागि: प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरी शाखा प्रमुख वा सम्बन्धित पदमा कार्य गरेको अनुभव।
  •  ​सहायक, कनिष्ठ सहायक तथा प्रशिक्षार्थी पदका लागि: कम्तीमा एसएलसी/एसईई (SLC/SEE) उत्तीर्ण गरेको। प्रशिक्षार्थी पदका लागि कुनै पूर्व अनुभव अनिवार्य गरिएको छैन, ग्रामीण क्षेत्रमा काम गर्न इच्छुक हुनुपर्नेछ। मोटरसाइकल/स्कुटर (दुई पाङ्ग्रे सवारी) चालक अनुमति पत्र भएकालाई विशेष प्राथमिकता दिइनेछ । ​उमेरको हद
  •  ​व्यवस्थापकीय श्रेणी: २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको ।
  •  ​अधिकृत श्रेणी: २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको।

अन्य सबै पदहरूका लागि: १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको। (महिला उम्मेदवारहरूको हकमा माथिल्लो उमेरको हदमा ५ वर्ष थप हुनेछ। यस संस्थामा कार्यरत कर्मचारीहरूको हकमा उमेर हद लागु हुने छैन।) ​आवेदन दिने तरिका र अन्तिम मिति ​इच्छुक उम्मेदवारहरूले वित्तीय संस्थाको आधिकारिक वेबसाइट www.samata.org.np को Career सेक्सनमा गएर वा विज्ञापनमा दिइएको QR कोड स्क्यान गरी अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। साथै, संस्थाको केन्द्रीय कार्यालय बनेपा–७, काभ्रेपलाञ्चोकमा स्वयम् उपस्थित भएर आवश्यक कागजातसहित दरखास्त बुझाउन सकिनेछ । ​आवेदन दिने अन्तिम मिति २०८३ साल मंसिर १७ गतेसम्म तोकिएको छ । प्राप्त आवेदनहरूमध्ये छनोट सूची (Shortlist) मा परेका उम्मेदवारहरूलाई मात्र अन्तर्वार्ता परीक्षामा सहभागी गराइने संस्थाले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०