Friday, 6th November, 2026
वि.स.

नेपाल विद्युत प्राधिकरणद्वारा विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी माग (सूचनासहित)

Nepal_Electricity_Authori-1793946845.jpg

नेपाल विद्युत प्राधिकरण (नेविप्रा) ले खुला प्रतियोगितात्मक परीक्षाद्वारा रिक्त स्थायी पदपूर्ति गर्न ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ । लोक सेवा आयोगद्वारा लिइने खुला प्रतियोगितात्मक लिखित परीक्षाका लागि प्राधिकरणले अधिकृत तथा सहायक स्तरका विभिन्न पदहरूमा योग्य नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो । ​प्राधिकरणको पदपूर्ति विभागद्वारा २० कार्तिकमा गोरखापत्रमा प्रकाशित सूचना अनुसार प्राविधिक तथा प्रशासन सेवाका तह ३ देखि तह १० सम्मका रिक्त पदहरूमा खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गरिनेछ। ​

माग गरिएका प्रमुख पदहरू:

  • अधिकृत स्तर: प्रबन्धक (तह १०), सहायक निर्देशक (तह ८), वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट (तह ८), सहायक प्रबन्धक (तह ८) लगायत इन्जिनियर (इलेक्ट्रिकल, सिभिल, मेकानिकल, कम्प्युटर), लेखा अधिकृत, कानुन अधिकृत र प्रशासकीय अधिकृत तह ७ का विभिन्न पदहरू।
  •  ​सहायक स्तर: सुपरभाइजर, लेखापाल, फोरमेन, सिनियर मिटर रिडर, सब-इन्जिनियर, इलेक्ट्रिसियन तथा जुनियर टेक्निसियन लगायत प्रदेशगत कार्यालयहरूका लागि आवश्यक विभिन्न प्राविधिक तथा प्रशासनिक पदहरू। ​आवेदन दिने प्रक्रिया र माध्यम: तोकिएको न्यूनतम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले प्राधिकरणको अनलाइन प्रणालीमार्फत दरखास्त दिन सक्नेछन्।
  •  ​सर्वसाधारण उम्मेदवारका लागि: https://career.nea.org.np
  • ​प्राधिकरणमा कार्यरत स्थायी कर्मचारीहरूका लागि: https://hris.nea.org.np

​दरखास्त दिने म्याद:

सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र नियमित दस्तुरमा र त्यसपछिको थप ७ दिनभित्र दोब्बर दस्तुर तिरेर अनलाइन फाराम भर्न सकिनेछ।। ​शैक्षिक योग्यता, परीक्षा दस्तुर, पाठ्यक्रम, उमेरको हद तथा आरक्षण सम्बन्धी विस्तृत जानकारी प्राधिकरणको आधिकारिक वेबसाइट www.nea.org.np बाट प्राप्त गर्न सकिने प्राधिकरणले जनाएको छ।

हेर्नुहोस् सूचना



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०