Tuesday, 3rd November, 2026
वि.स.
pustakalay-1792211853.jpg

नेपाल टेलिकममा ६० पदका लागि रोजगारीको अवसर, अनलाइन आवेदन खुला

883438263_118059921786322-1793702703.jpg

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले ठूलो संख्यामा रिक्त रहेका पदहरू स्थायी पदपूर्तिका लागि खुला तथा समावेशी प्रतियोगितात्मक विज्ञापन आह्वान गरेको छ। लोक सेवा आयोगको सहमतिबमोजिम विभिन्न तह र सेवा समूहका ६० जना कर्मचारीका लागि दरखास्त माग गरिएको हो। कम्पनीको पदपूर्ति समितिले गोरखापत्रमा सूचना प्रकाशित गर्दै उप-प्रबन्धक (तह ९) देखि जुनियर टेक्निसियन (तह ३) सम्मका पदहरूमा योग्य नेपाली नागरिकहरूबाट अनलाइन आवेदन आह्वान गरेको हो।

कुन पदमा कति माग ?

  • उप-प्रबन्धक (तह ९): १ जना
  • वरिष्ठ इन्जिनियर (टेलिकम - तह ८): १ जना
  • वरिष्ठ व्यापार अधिकृत (तह ८): १ जना
  • वरिष्ठ लेखा अधिकृत (तह ८): १ जना
  • टेलिकम इन्जिनियर (इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन - तह ७): ३ जना
  • टेलिकम इन्जिनियर (कम्प्युटर - तह ७): १० जना
  • टेलिकम इन्जिनियर (इलेक्ट्रिकल - तह ७): ३ जना
  • सहायक प्रशासकीय अधिकृत (तह ६): ९ जना
  • सहायक व्यापार अधिकृत (तह ६): ८ जना
  • सहायक लेखा अधिकृत (तह ६): २ जना
  • ओभरसियर (तह ५): ३ जना
  • टेलिकम टेक्निसियन (तह ४): ९ जना
  • सहायक (तह ४): १७ जना
  • जुनियर टेक्निसियन (तह ३): १२ जना
  • शैक्षिक योग्यता र उमेर हदशैक्षिक योग्यता: सम्बन्धित पदअनुसार न्यूनतम १० कक्षा उत्तीर्ण, एसएलसी/एसईई, प्राविधिक तालिम, प्रमाणपत्र तह/डिप्लोमा देखि सम्बन्धित विषयमा स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण।
  • उमेर हद:सहायक स्तर (तह ३, ४ र ५): १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको।
  • अधिकृत स्तर (तह ६ र ७): २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको।
  • अधिकृत स्तर (तह ८ र ९): २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको।
  • महिला तथा अपाङ्गता भएका उम्मेदवारको हकमा माथिल्लो उमेर हद ४० वर्षसम्म रहनेछ भने टेलिकमका बहालवाला स्थायी कर्मचारीलाई उमेर हद लाग्ने छैन।
  • परीक्षा प्रणाली तथा दस्तुरपरीक्षा किसिम: लिखित र अन्तर्वार्ता (प्राविधिक सेवातर्फका तह-३ र तह-४ का प्राविधिक पदहरूमा प्रयोगात्मक परीक्षासमेत हुनेछ)। लिखित परीक्षा लोक सेवा आयोगबाट सञ्चालन हुनेछ।
  • परीक्षा दस्तुर: तह ८ र ९ का लागि रु. ८००, तह ६ र ७ का लागि रु. ७००, तह ४ र ५ का लागि रु. ५०० तथा तह ३ का लागि रु. ३०० तोकिएको छ।
  • समावेशी समूहतर्फ थप आवेदन दिन चाहेमा तहअनुसार रु. १०० देखि रु. २०० सम्म थप दस्तुर लाग्नेछ।

आवेदन दिने समय र प्रक्रियाइच्छुक उम्मेदवारले नेपाल टेलिकमको आधिकारिक वेबसाइट ntc.net.np वा recruit.ntc.net.np मार्फत अनलाइन फाराम भर्न सक्नेछन्। दरखास्त दिने अन्तिम मिति: २०८३/०८/०३ सम्म दोब्बर दस्तुर तिरी आवेदन दिने म्याद: २०८३/०८/१० सम्म फाराम भर्दा कुनै समस्या परेमा कम्पनीको फोन नम्बर ०१-४२१०४१५, ०१-४२१०४७३, ०१-४२१०४१६ वा इमेल recruit@ntc.net.np मा सम्पर्क गर्न सकिने टेलिकमले जनाएको छ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg






_-Ward-2-Sandesh-1792210522.jpg
_Ward-4-Sandesh-1792210561.jpg
Ward-5-Sandesh-1792210597.jpg
Ward-6-Sandesh-1792210616.jpg


Ward-7-Sandesh-1792210632.jpg

Ward-8-Sandesh-1792210649.jpg
Ward-11-Sandesh-1792210722.jpg
_Ward-1-Sandesh-1792210500.jpg
Ward-9-Sandesh-1792210676.jpg
Ward-10-Sandesh-1792210703.jpg
Ward-12-Sandesh-1792210744.jpg