Thursday, 5th November, 2026
वि.स.

काठमाडौं रुटमा थाहानगर यातायात सेवा सञ्चालन हुँदै

हेटौंडा-क-1793865137.jpg

‘थाहानगर यातायात’ सेवा सञ्चालन आउने भएको छ । नागरिकलाई सहज र सुरक्षित यात्राका लागि यातायात सेवा उपलब्ध गराउने उद्देश्यले सेवा सुरु गरिएको सञ्चालक माधव कार्कीले जानकारी दिए ।=सेवालाई नागरिकसम्म जोड्न थाहा नगरपालिका–४, थाना बजारमा चार्जिङ स्टेसन तथा काठमाडौंको कलंकीमा टिकट काउन्टर स्थापना गरिएको छ । थाहानगर यातायातमार्फत् पालुङबाट चित्लाङ, थानकोट, कलंकी हुँदै काठमाडौंको जोरपाटीसम्म यात्रु आवागमनको व्यवस्था गर्ने कम्पनीले जनाएको छ । बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म काठमाडौं र पालुङ दुवैतर्फबाट प्रत्येक दुई घण्टाको अन्तरालमा सवारी छुट्ने तालिका थाहानगर यातायातको छ ।

कम्पनीले नगरभित्र पालुङ, अंगारे, फाँटबजार, घर्तीखोला, शिखरकोट लगायतका क्षेत्रमा सेवा उपलब्ध गराउनेछ । यात्रुको आवश्यकता र मागअनुसार नगरका अन्यक्षेत्रमा पनि सेवाविस्तार गर्दै लगिने कम्पनीले जनाएको छ । नगरभित्रका गन्तव्यमा चित्लाङदेखि बिसिङ्खेल नौखण्डेसम्म ५० रुपैयाँ, बज्रबाराहीसम्म १०० रुपैयाँ , कुन्छाल भञ्ज्याङसम्म १५० रुपैयाँ र पालुङसम्म २०० रुपैयाँ भाडा निर्धारण गरिएको छ । पालुङदेखि बज्रबाराहीसम्म १०० रुपैयाँ, कुन्छाल भञ्ज्याङसम्म ५० रुपैयाँ, नौखण्डे बिसिङ्खेलसम्म १५० रुपैयाँ र चित्लाङसम्म २०० रुपैयाँ भाडा लाग्नेछ ।

यात्रुलाई थप सुविधा दिन कम्पनीले विशेष छुट योजना पनि सार्वजनिक गरेको छ । कम्पनीकाअनुसार १० पटक टिकट काटेर यात्रा गरेका यात्रुले ११ औँ पटक निःशुल्क यात्रा गर्न पाउनेछन् । यसका लागि यात्रुले अघिल्ला यात्राका टिकट सुरक्षित राख्नुपर्नेछ । यात्रुको सुविधाका लागि पालुङको थानाबजार र काठमाडौंको कलंकीमा टिकट काउन्टरको व्यवस्था गरिएको छ । फोनमार्फत् पनि टिकट बुकिङ तथा सेवासम्बन्धी जानकारी लिन सकिनेछ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०