nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 28th April, 2024
वि.स.
1000043965-1707579226.jpg

स्काउट : हेटौँडामा मेघा हाइक, संयुक्त दीक्षान्त

IMG_20230911_191232-1694439149.jpg

बागमती प्रदेशको राजधानी हेटौँडामा स्काउटको मेघा हाइक(वृहत पदयात्रा) तथा संयुक्त दिक्षान्त भएको छ । सानो पाइला पदयात्रामा दौड, पर्यटन विकासमा स्काउटको जोड भन्ने मुल नाराका साथ पेन्गोलिन सालक ओपन स्काउट क्र्यिुले पदयात्रा तथा दीक्षान्त कार्यक्रम आयोजना गरेको हो ।

आरती पाठकको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रम बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता तथा बागमती प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईको वशिष्ट अतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मोक्तानले स्काउटको माध्यमबाट विद्यार्थीमा इमान्दारिता र अनुशासन बढ्ने बताइन् ।

नेपाल स्काउट बागमती प्रदेश सदस्य तथा क्र्यु रोभर लिडर अशोक सारु मगर, स्काउट बागमती प्रदेशका सदस्य महेन्द्र राना मगर, वडा नं ११ अध्यक्ष जुना दाहाल, हेटाैडा उपमहानगरपालिकाका संयाेजक दिपेन्द्र राेक्का, सूर्य विनायक नगरपालिका भक्तपुरका संयोजक शिव कुमार, थाहा नगरपालिकाका संयोजक गणेशमान श्रेष्ठ, संकरापुर नगर काठमाण्डौका सदस्य सुरेन्द्रकार रन्जित लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पेन्गोलिन क्रयुले ओैपचारिक रुपमा अभिभावकत्व प्रदान गर्दे स्पोनसर प्रदान गर्न अस्मिता नेपालसंग सम्झौता पत्रमा हस्ताक्षर समेत गरेको थियो ।

हेटौडाका विभिन्न विद्यालयका ६०० जना भन्दा बढी विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा उपस्थित स्काउट विधार्थीलाई अशोक सारु मगरद्वारा प्रतिज्ञा गराउदै ४५० जनाको सामुहिक दीक्षान्त गरिएको थियो भने कार्यक्रममा ज्ञानोदय बालबाटिका, हेटौँडा एकेडेमी, शिद्धार्थ मावि, कृष्ण आदर्श फेमकल एकेडेमी, प्रगति मावि, श्रमिक मावि, महेन्द्र किरण, बाल उज्जवल, रोटरी, महेन्द्र मावि, बुद्ध मावि, जनप्रिय मावि तथा हेटौडा बाहिरका चतुर्मुखी मावि चितवन लगाएत विद्यालयको सहभागीता रहेको थियो ।

पदयात्रा कार्यक्रमको सुरुवात २३ भदौ विहान राप्ती तटको किनारबाट गरिएको थियो भने पाथिभरा, डाङ्डुङे हुँदै सहिद स्मारक हेटौडामा पुगेर समापन गरिएको थियो । औपचारिक कार्यक्रम अनिल आचार्यले सञ्चालन गरेका थिए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)