Friday, 19th June, 2026
वि.स.

सुनको भाउ तोलामा ४ सय रुपैयाँले घट्यो

gold1-1605860526.jpg

कारोबार हुने हप्ताको अन्तिम दिन शुक्रबार सुनचाँदीको भाउ घटेको छ ।

तोलामा ४ सय रुपैयाँ घटेर सुन शुक्रबार तोलामा ९४ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९४ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको थियो । हिजोभन्दा तोलामा ५ रुपैयाँ घटेर चाँदी शुक्रबार  तोलाको १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्टिय बजारमा भएको घटबढ अनुसार नेपालमा पनि सुनचाँदीको भाउमा घटबढ हुने गरेको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०