Tuesday, 16th June, 2026
वि.स.

सार्वजनिक यातायात सञ्चालन गर्न नयाँ निर्देशिकाः मास्क अनिवार्य

tttaaaaaaaaa-1591588115.jpg

सरकारले लकडाउन खुकुलो बनाउने तयारी गरेपछि यातायात व्यवस्था विभागले सार्वजनिक यातायात सञ्चालन गर्न नयाँ निर्देशिका बनाएको छ । यात्रुको स्वास्थ्य सुरक्षाका लागि यातायात व्यवसायी र स्वयम यात्रुलाई जिम्मेवार बनाउने गरी निर्देशिका ल्याउने तयारी भइरहेको छ ।

विभागका महानिर्देशक गोगबहादुर हमाल लकडाउन खुकुलो पार्दै लैजाने सरकारी नीति रहेकाले बाध्यात्मक रुपमा सार्वजनिक यातायात खोल्नुपर्ने अवस्था आएको बताउँछन् । आवश्यक सतर्ककता अपनाउने गरी निर्देशिका बनाएर छलफल भइरहेको बताउँदै हमालले निर्देशिका पारित गरेर सही अनुरुप सार्वजनिक सवारी सञ्चालनका लागि बाटो खुला गरिने हमालले बताए ।

प्रस्तावित मापदण्डअनुसार सार्वजनिक यातायातका साधनमा सिट क्षमताको आधा मात्रै यात्रु चढाइनेछ । सिट क्षमताको आधाभन्दा बढी यात्रु चढाए कारवाही हुनेछ । यसबारे ट्राफिक प्रहरीले नियमत अनगुगन गर्ने योजना छ । 

त्यसैगरी सार्वजनिक यातायातको प्रत्येक एउटा सिट खाली राखेर मात्रै अर्को सिटमा यात्रु बस्न पाउने छन् । यात्रुले आफैंले स्यानिटाइजर बोकेको हुनुपर्ने प्रस्ताव गरिएको छ । सार्वजनिक यातायात चढ्ने यात्रुले मास्क अनिवार्य लगाउनुपर्नेछ ।

सम्भव भएसम्म थर्मल गनबाट ज्वरो नापेर मात्रै यात्रु चढाउने व्यवस्था गर्नुपर्नेछ । त्यस्तै सार्वजनिक बस लगायतका साधनभित्र चुस्त सररफाइको प्रवन्ध गर्नुपर्नेछ ।

दैनिक रुपमा गाडीमा डिस(इन्फेक्सन स्प्रे छर्किनु पर्नेछ । सम्भव भएसम्म भाडाको भुक्तानी डिजटल ९विद्युतीय० माध्यमबाट गर्ने, नभए बसभित्र एउटा बाकस राखेर भाडा त्यसैमा तोकिएको खसाल्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव छ ।

बसपार्क र बिसौनीहरुमा यात्रुहरुले सामाजिक दूरी कायम गर्नुपर्ने र लामबद्ध भएर सवारी चढ्नुपर्ने नियम लगाउन लागिएको छ । त्यसको निगरानी नेपाल प्रहरीले गर्नेछ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०