Wednesday, 17th June, 2026
वि.स.

सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिन महिला मन्त्रालयको संघीय मामिलालाई पत्र

parbat-1601825317.jpg

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले एकल महिला, अपांगता भएका व्यक्ति लगायतले पाउँदै आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने व्यवस्था तत्काल मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ।

invotech

गत चैतदेखि एकल महिला र अति अशक्त अपांगता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता कटौति भएको पाइएपछि  त्यसलाई निरन्तरता दिने गरी तत्काल व्यवस्था मिलाउन  महिला मन्त्रालयले संघीय मामिलालाई पत्राचार गरेको हो।

‘आर्थिक वर्ष २०७७/७८ को बजेट बक्तव्यमा समेत हालसम्म दिइँदै आएका सबै प्रकारका सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने भन्ने उल्लेख रहेकाे मन्त्रालयकाे दावी छ।

गत चैतदेखि एकल र अति अशक्त अपांगता भएका व्यक्ति/वर्गको सामाजिक सुरक्षा भत्ता कटौति भएको भनी राष्ट्रिय अपांग महासंघ नेपालले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा निवेदन दिएकाे थियाे।

यसैबीच, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले एकल महिला, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायतका संवेदनशील वर्ग र समुदायले यसअघि पाउँदै आएका सामाजिक सुरक्षा भत्ता कटौति हुन नदिने दृढता व्यक्त गरेका छन्।

ncell in

 

उनले केही समययता ती भत्ताहरु रोकिएको भनिए पनि त्यसलाई निरन्तरता दिन आवश्यक पहलकदमी लिइएको पनि स्पष्ट पारेका छन्।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०