Wednesday, 2nd September, 2026
वि.स.

सरुवा र समायोजन मिलाउन सहसचिवको संयोजकत्वमा ‘सरुवा बोर्ड’ गठन

MOFFAGAA-1607261869.jpg

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘सरुवा बोर्ड’ गठन गरेको छ ।

मन्त्रालयबाट हुने अनलाइन सरुवा र समायोजन मिलान सम्बन्धी कार्यलाई थप प्रभावकारी बनाउन भन्दै मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा चार सदस्यीय सरुवा बोर्ड गठन गरिएको हो ।

हरेक महिनाको २५ गतेसम्म जम्मा भएका निवेदनहरुलाई २६ औँ दिनमा बोर्डमा छलफल गरी सरुवा, समायोजन मिलान तथा जिम्मेवारी तोक्ने गरी मन्त्री स्तरीय निर्णयबाट बोर्ड गठन भएको मन्त्रालयले जनाएकाे छ ।

प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा गठित बोर्डमा मन्त्रालयकै सहसचिवद्वय सङ्गठन विकास महाशाखा प्रमुख र प्रशासन सुधार तथा जनशक्ति विकास महाशाखा(समायोजन) सदस्य र सम्बन्धित शाखाको शाखा प्रमुख(उपसचिव) सदस्य सचिव रहनेछन् ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif