Tuesday, 1st September, 2026
वि.स.

सरकारले शुल्क असुल्न थालेपछि अस्पताल जाने ह्वात्तै घटे

corona-Update-1604836410.jpg

सरकारले कोरोना संक्रमितको उपचारमा शुल्क लिने निर्णय गरेसँगै देशभर कोरोनाको उपचारका लागि अस्पताल जानेको संख्या ह्वात्तै घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर ६ हजार २२२ जना मात्रै संस्थागत आइसोलेशनमा रहेका छन् । 

मन्त्रालयका अनुसार प्रदेश १ मा १०३४, प्रदेश २ मा ३३, बागमती प्रदेशमा ३ हजार ५१२, गण्डकी प्रदेशमा १ हजार २६३, लुम्बिनी प्रदेशमा १ हजार २४७, कर्णाली प्रदेशमा १४ र सुदूरपश्चिम प्रदेशमा ४७ जना संक्रमित संस्थागत आइसोलेशनमा रहेका छन् । 

सरकारले असक्त, अपांग तथा जेष्ठ नागरिकबाहेक अन्यको उपचारमा शुल्क लिने निर्णय गरेसँगै चर्को शुल्क लाग्ने भएपछि संक्रमितहरु होम आइसोलशेनमै बस्न थालेका हुन् । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हाल होम आइसोलेशनमा  २९ हजार १९७ जना संक्रमित रहेको आइतबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । देशभर होम आइसोलेशन र संस्थागत आइसोलेशनमा गरी  ३५ हजार ४१९ सक्रिय संक्रमित रहेका छन् । 

उनका अनुसार बितको २४ घण्टामा पीसीआर थप १२ हजार ३११ जनाको भएको छ भने नयाँ संक्रमित २ हजार ८१७ जना थपिएका छन् । 
यस्तै काठमाडौं उपत्यकामा १ हजार ५३३ संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा १२९४, भक्तपुरमा ७७ र ललितपुरमा १६२ जनामा संक्रमण पुष्टि भएको छ । 

यस्तै बितेको २४ घण्टामा थप २ हजार ८१२ जना संक्रमणमुक्त भएपछि निको हुनेको कुल संख्या १ लाख ५७ हजार ९२६ पुगेको छ । 

यसैबीच बितेको २४ घण्टामा थप २१ जनाको मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ११०८ पुगेको छ । 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif