Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

विपतमा मृत्यु भएकाको परिवारलाई २ लाख दिइने [पढ्नुहोस मन्त्रीपरिषदका निर्णयहरु]

सरकारले प्राकृतिक विपतका घटनामा परी मृत्यु हुने व्यक्तिको परिवारलाई तत्कालै नगद राहत दिने भएको छ ।

मन्त्रिपरिषद बैठकले विपतमा मृत्यु हुनेको परिवारलाई २ लाख रुपैयाँ दिने भएको छ । यदि एकै परिवार एक भन्दा बढीको मृत्यु भएमा एक जनाको २ लाख र अन्यको हकमा प्रतिव्यक्ति थप १ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

त्यस्तै विपतबाट घर, आवास नष्ट भएमा वा खाद्यान्न बाली तथा जग्गा जमिन, पसल व्यवसाय नोक्सान भएमा पीडित परिवारले नगद राहत पाउनेछ । ५ जनासम्म सदस्य भएका परिवारलाई तत्काल १५ हजार र बढी भएमा २० हजार रुपैयाा दिने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।

विपतका घटनामा परी खाद्यान्न तथा हाल बसोबास गरिरहेको घर पूर्ण रुपमा नष्ट भएमा वा घर नष्ट नभए पनि जोखिम रहेमा सुरक्षित स्थानमा घर निर्माण गर्न सरकारले तत्काल १ लाख रुपैयाँसम्म सहायता दिनेछ ।

घाइतेलाई सरकारी अस्पतालमा उपचार गराउँदा लागेको खर्च र अस्पतालबाट घर जान प्रतिव्यक्ति १ हजार यातायात खर्च पनि सरकारले दिनेछ । क्षति भएको घर पुननिर्माणका लागि जिल्ला वन कार्यालयमार्फत सहुलियत दरमा काठ पनि दिने सरकारले निर्णय गरेको छ ।

हेर्नुहोस् मन्त्रिपरिषदको निर्णय:

 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०