Monday, 15th June, 2026
वि.स.

विद्यालय शिक्षाको सम्बन्धमा बागमती सरकारको यस्तो परिपत्र

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले सबै स्थानीय तहरुलाई परिपत्र गर्दै स्थानीय तहको समन्वयमा नतिजा प्रकाशन गर्न भनेको आग्रह गरेको छ । मन्त्रालयले बन्दाबन्दी र समाजिक दुरीलाई कायम राख्दै भर्ना लिन र पाठ्य पुस्तकको व्यवस्था गर्न समेत भनेको छ ।

प्रदेश सरकारको समाजिक विकास मन्त्रालयले विद्यालयहरुमा नियमित कक्षा सञ्चालन नहुँदासम्म बालबालिकालाई घरमै बसेर सिक्ने अवसर सुनिश्चित गर्न दुर शिक्षा कार्यक्रम लगायतका वैकल्पिक अनलाइन वा अफलाइन सिकाइका अवसर दिन पनि पनि परिपत्रमा भनिएको छ ।

 

 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०