nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

वनभोज गएको सरकारी गाडी दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

accident-1200x560_2020112-1623491225.jpg

 वनभोज जाने क्रममा गाडी दुर्घटना हुँदा प्युठानमा चालकको घटनास्थलमै मृत्यु भएको छ।

आज (शनिबार) बिहान भएको दुर्घटनामा मृत्यु हुने चालक दाङको तुल्सीपुर उपमहानगरपालिका-४ निवासी प्रकाश आचार्य रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा पर्ने ध१झ ५ नम्बरको गाडी कोष तथा लेखा नियन्त्रण कार्यालय प्यूठानको रहेको जनाइएको छ।

त्यसै कार्यालयका कर्मचारीसहित केही व्यक्ति वनभोजका लागि मल्लरानी जाँदै गर्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।

अन्य विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ। 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)