Friday, 19th June, 2026
वि.स.

रूपचन्द विष्ट स्मारक समितिको चौथो साधरणसभा

THahaaaaaaa-1606658006.jpg

रूपचन्द विष्ट स्मारक समितिको चौथो साधरणसभा १४ मंसिरमा हेटौंडामा भएको छ । 

सभामा बोल्दै समितिका अध्यक्ष तथा प्रत्यायोजित ब्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले यो समितिले सत्य र ठिक अंगाल्ने दश प्रतिशत मात्र नागरिक बनाउन सके मुलुक इन्साफे विकासे ब्यवस्थामा परिणत हुने बताए ।

नेपालमा यो समितिको जरुरी किन छ भने तत्कालीन युगकै दार्शनिक राजनितिज्ञ रूदानेको सिद्धान्त बर्तमान पुस्तामा पुर्याउन जरुरी छ, उनले भने, आजको दिनमा रूदानेको बिचारको थप महत्त्व बढेको छ ।

साधरणसभाले आगामि निति कार्यक्रम, आयब्यय पारित तथा लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ । साधरणसभामा समितिका सदस्यहरू लवशेर विष्ट, एकराज उप्रेती,नरेन्द्र रिजाल, रामहरि सुवेदी,शुक्र राजथला,धर्म राजथला,स्वस्थी राजथला लगायतको सहभागीता थियो । 

समितिको हेटौंडा ११ स्मारक रोडमा आफनै भवन सहितको कार्यालय रहेको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०