Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

यी हुन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय (सूचीसहित)

मन्त्रिपरिषद्को बैठकले विभिन्न १८ निर्णय गरेको छ। बिहीबार र आइतबार बसेको मन्त्रिपरिषद् बैठकको सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आज १८ निर्णय सार्वजनिक गरेका हुन्।

नेपाली सेनाका प्रमुख सेनानी जेन्द्र पन्तलाई लेबनानको सरकारबाट प्रदान गरिएको विभूषण र रमेश नाथ पाण्डेलाई जापान सरकारबाट सम्मान गरिएको विभूषण ग्रहण गर्न स्वीकृति दिने निर्णय गरेको छ। त्यसैगरी ईन्टरपोल महासचिवालयबाट सन् २०२० डिसेम्बर ७ देखि ८ सम्म युएईमा आयोजना हुने महासभामा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पाललाई भाग लिन जान स्वीकृति दिने निर्णय भएको छ।

सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन (पहिलो संशोधन) आदेश, २०७७ स्वीकृत गर्ने निर्णय गरेको छ। यसैगरी शसस्त्र प्रहरीका गोताखोरका लागि दैनिक ३ सयका दरका दरले भत्ता र १० लाखको बीमा गर्ने निर्णय पनि मन्त्रिपरिषदको बैठकले गरेको छ। 

ज्ञवालीका अनुसार तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७७ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय भएको जानकारी दिए। तीन वटै अद्यादेश नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सोमबार जारी गरिसकेकी छन्।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०