Saturday, 20th June, 2026
वि.स.

मोटरसाइकल दुर्घटनामा मकवानपुरको श्रेष्ठको मृत्यु

death-body-1613283084.jpg

मकवानपुरको बागमती गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा हेटौंडा–६ रामनगरका ३० बर्षीय आशिक श्रेष्ठ रहेको छन् ।

शनिबार हेटौंडाबाट राईगाउँतर्फ जाँदै गरेको प्रदेश नं. ३–०–०३–००१ प ८८९७ नम्बरको मोटरसाइकल बागमती गाउँपालिका–४ हरामीचोकमा अनियन्त्रित भई दुर्घटना भएको थियो ।दुर्घटनामा परी श्रेष्ठ गम्भीर घाइते भएका थिए । उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले मोटरसाइकल चालक नियन्त्रणमा लिई घटनाको आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०