Sunday, 8th September, 2024
वि.स.

मेरो कार्यकालमा चित्लाङ–थानकोट सडक पूर्ण कालोपत्रे गराउँछु : साँसद बर्तौला

mahesh-1722685251.jpg

मकवानपुर–२ बाट प्रतिनिधित्व गर्ने संघीय साँसद एवम् नेकपा (एमाले)का मुख्य सचेतक महेश वर्तौलाले आफ्नो कार्यकालमा चित्लाङ–थानकोट गणेशमान सिंह मार्गलाई पूर्णरुपमा कालोपत्रे गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । शनिबार काठमाडौंको कलंकीमा आयोजित नेकपा एमाले थाहा–काठमाडौं सम्पर्क मञ्चको दोस्रो भेलालाई सम्बोधन गर्दै उनले यस्तो प्रतिवद्धता जनाएका हुन् । 

एमाले केन्द्रीय सदस्यसमेत रहेका बर्तौलाले आफू एमालेबाट उम्मेदवार भएर निर्वाचनमा घर दैलो गर्दा थाहाको जनताको एउटै प्रमुख माग थानकोट–चित्लाङ सडक रहेको स्मरण गरे । उनले अघि भने, ‘निर्वाचन यता यो सडक थप सुदृढीकरण भइसकेको छ । गत  आवमा ८ करोडको बहुवर्षीय ठेक्का लगाएका छौं । अहिले ४ करोड ३६ लाख बजेट छुट्टिएको छ । यसलाई पनि बहुवर्षीय ठेक्का लगाउन पहल गर्छु ।’

भेलालाई सम्बोधन गर्दै बर्तौलाले ओलि सरकारले राष्ट्र र जनताको हितमा सामथ्र्यका साथ काम गर्ने बताए । अहिलेको सरकारले गणतन्त्रलाई केन्द्रमा राखेर संबिधान संशोधन गर्ने पनि उनले बताए । 

२०७४ सालको आम निर्वाचनपछि चालू खर्च बढेर गएको बताउँदै मुख्य सचेतक बर्तौलाले यसलाई घटाउनेतर्फ सोच्ने बेला आएको धारणा राखे । 

‘वडा सदस्यदेखि संघीय सांसदसम्मको जनप्रतिनिधिहरु सडक, बाटो पुल भनेर हिँडेको छ । कानुन कस्ले बनाउने ? बिकास कस्ले गर्ने ? सेवा प्रवाह कस्ले गर्ने भन्ने अन्योल रहेको छ । स्थानीय सरकारलाई दैलोदैलोमा सेवा प्रवाहमा लगाउनुपर्छ । प्रदेश सरकारलाई बिकासको कामको जिम्मा दिनुपर्छ तर मन्त्रीमण्डल भने कम गराउनु पर्छ र संघीय जनप्रतिनिधिहरुलाई पूर्ण रुपमा कानून निर्माणमा लगाउनुपर्छ’ उनले भने । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)