Friday, 19th June, 2026
वि.स.

मल कारखाना खोल्न तयारी गर्ने सरकारकाे निर्णय

Mal-1604939301.jpg

सरकारले बंगलादेशसँग मल किन्ने भएको छ। २४ कात्तिक साँझ बसेको मन्त्रिपरिषद बैठकले बंगलादेशसँग मल किन्नका लागि सैद्धान्तिक स्वीकृति दिएको हो।

बंगलादेशसँग ५० हजार मेट्रिक टन मल किन्ने निर्णय भएको एक मन्त्रीले सेतोपाटीलाई जानकारी दिए।

सुरूमा बंगलादेशसँग मल पैंचो ल्याएर पछि तिर्ने सहमति भएको थियो। तर बंगलादेशले पैंचो नदिएपछि सरकारले किन्ने निर्णय गरेको हो।

समयमा नआएकै कारण यसपटक किसानले धानका लागि आवश्यक मल पाएका थिएनन्। अब ल्याउन लागिएको मल भने गहुँका लागि हो। 

२४ कात्तिककाे मन्त्रिपरिषद बैठकले नेपालमै मल कारखाना खोल्न आवश्यक तयारी गर्ने निर्णय समेत गरेको छ।मल कारखाना खोल्ने प्रक्रिया अघि बढाउन योजना बनाएर प्रस्ताव पेश गर्न अर्थमन्त्री विष्णु पौडेल, उद्योगमन्त्री लेखराज भट्ट र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिइएको छ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०