Thursday, 3rd September, 2026
वि.स.

मकवानपुरमा लागुऔषध गाँजासहित तीन जना पक्राउ

3-1623920265.jpg

मकवानपुरको हेटौंडामा लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरिएको छ । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले बिहीबार बिहान ३ बजे हेटौंडा उपमहानगरपालिका वडा नं. ११ थानाभर्‍याङबाट लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरिएको हो ।

 मनहरीबाट हेटौडातर्फ आउँदै गरेको ना.१ ख ९९१० नम्बरको कन्टेनरलाई रोकी चेकजाँच गर्दा १ सय ४३ किलो ३०० ग्रामसहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्यवर रिमालले जानकारी दिए ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बार्हबिसे नगरपालिका वडा नं.५ सिगार्से बस्ने बर्ष २८ को सनक बहादुर तामाङ, सह–चालक बार्हबिसे नगरपालिका वडा नं. ८ मानेश्‍वरा बस्ने बस्ने बर्ष २४ को सोमे तामाङ र सोही गाडिमा सवार राक्सिराङ गाउँपालिका वडा नंं. १ गल्छराङ बस्ने बर्ष १८ को सविन तामाङ रहेको  प्रवक्ता रिमालले बताए । लागुऔषध गाँजा र कन्टेनर गाडी सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको उनले बताए ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif