nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरमा मोटरसाईकल चोरी गर्ने तीन जना पक्राउ

bike1-1613293682.jpg

मकवानपुर प्रहरीले मोटरसाईकल चोरीमा संलग्न तीन जनालाई मोटरसाईकलसहित नियन्त्रणमा लिएको छ । हेटौंडा उपहानगरपालिका वडा नं।१५ का शेर बहादुर पाख्रिनको बागमती प्रदेश ०३–००२ प ०५१६ नंको मोटरसाईकल सहित शनिबार तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सर्लाही बागमती गाउँपालिका वडा नं. १२ बस्ने २० बर्षीय टेक बहादुर गोले, सर्लाही लालबन्दी नगरपालिका वडा नं १४ बस्ने २७ बर्षीय जनक तामाङ, सिन्धुली मरिण गाउँपालिका वडा नंं ०८ बस्ने २० बर्षीय निकेस वाईवा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौंडा उपहानगरपालिका वडा नं. ४ स्थित घर अगाडी पार्कीङ गरी राखेको ठाउँबाट चोरी भएको थियो । पाख्रिनले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा मोटरसाइल चारी भएको भन्दै निवेदन दर्ता गराएका थिए ।

खोजतलास गर्ने क्रममा ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले  मोटरसाइकल सहित तीन जनालाई पक्राउ गरेको हो । मोटरसाइकल चोरीमा संलग्न सिन्धुली मरिण घर बताउने सुरज तामाङ फरार रहेका छन् । उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेमामाथि चोरी मुद्दा दर्ता गरी अनुसन्धान भईरहेको छ ।पछिल्लो समय हेटौंडामाको विभिन्न स्थानहरूबाट चोरी भई हराएका मोटरसाईकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन एवं निगरानी राखी विशेष कारवाही अभियान चलाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)