Friday, 19th June, 2026
वि.स.

मकवानपुरमा बाल्टीनको पानीमा डुबेर बालिकाको मृत्यु

बाल्टीनमा रहेको पानीमा डुबेर मकवानपुरमा एकजना १८ महिनाकी बालिकाको ज्यान गएको छ ।

पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नंबर ७ लामा टालकी १८ महिने बालिका इशा ब्लोनको घरकै शौचालयमा राखिएको बाल्टीनको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घरको शौचालयमा राखिएको पानीमा डुबेको अवस्थामा बालिकालाई अविभावकले फेला पारेका थिए । बेहोस अवस्थामा फेला परेकी बालीकाको भरतपुर लगेपछि अस्पतालमा मृत घोषणा गरिएको थियो ।