Wednesday, 17th June, 2026
वि.स.

मकवानपुरबाट घूस रकमसहित प्रहरी हवल्दार पक्राउ

1pakrau-1602321796.jpg

घूस रकमसहित हेटौंडामा प्रहरी हवल्दार पक्राउ परेका छन् । शुक्रबार हेटौंडा–९, पशुपतिनगरमा घूस रकमसहित प्रहरी हवल्दारलाई रंगेहात पक्राउ गरिएको हो ।

पूर्वपश्चिम राजमार्गमा सवारी साधनसँग ३ सय घूस रकम लिँदै गर्दा उनलाई प्रहरीको ‘स्ट्रिङ अप्रेशन’को टोलीले पक्राउ गरेको हो । वीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको सवारीसाधनलाई सहजीकरण गर्ने भन्दै इलाका प्रहरी कार्यालय पशुपतिनगरमा कार्यरत हवल्दार देवीलालप्रसाद ठाकुरले ३ सय रुपैयाँ घूस लिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

जिल्ला प्रहरीको टोलीले ठाकुरलाई घूससहित रंगेहात पक्राउ गरेको र उनलाई तत्कालै निलम्बन गरिएको बताइएको छ । इप्रका पशुपतिनगरले ट्याक्टर, टिपर व्यवसायीलाई धेरै दु:ख दिएको भन्दै गुनासो परेपछि प्रहरीले अप्रेशन नै चलाउनुपर्ने अवस्था सिर्जना भएको थियो ।

निलम्बित हवल्दार ठाकुरसँगै अर्का प्रहरीलाई पनि नियन्त्रणमा लिइएको थियो । तर, उक्त प्रहरीको घूस लेनदेनमा प्रत्यक्ष संलग्ना नपाइएको भन्दै कारबाही नगरिएको प्रवक्ता रानाले जानकारी दिए । इकान्तिपुरबाट ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०