Wednesday, 17th June, 2026
वि.स.

मकवानपुरको जिल्लस्तरीय वार्षिक समिक्षा

DCC-1602424559.jpg

मकवानपुर जिल्लाको आर्थिक वर्ष २०७६/०७६ काे जिल्ला स्तरीय वार्षिक समिक्षा बैठक २५ असोजमा भएको छ । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालको सभाध्यक्षता एवम् बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले ईच्छा शक्ति भए थुप्रै कार्य गर्न सकिन्छ भन्ने उदाहरण जिल्ला समन्वय समितिले प्रस्तुत गरेको बताए । उनले जिल्ला समन्वय समिति, मकवानपुरले सिमित स्रोत साधन तथा कार्यादेशका बावजुत पनि प्रशस्त कार्यहरु गरेको भन्दै प्रसंशा गरे । पौडेलले कोरोना कहरमा समितिले गरेको कार्यहरुको चर्चागर्दै इच्छाशक्ति भए थुप्रै कामगर्न सकिने उदाहरण मकवानपुरको जिल्ला समन्वय समितिले दिन सकेको बताए । उनले स्थानीय तहहरुले सम्पादन गरेका कार्यहरुको वार्षिक समीक्षाले भइरहेका कार्यहरुको परिणाम र उपलब्धीका बारेमा धारणाहरु निर्माण हुने स्थानीय तहहरुबीच समेत समन्वय हुने बताए । 

मुख्यमन्त्री पौडेलले राज्यका तीन तहका सरकारहरुले एकले अर्कोलाई खुइल्याउने प्रवृत्ति अन्त्य गरिनुपर्ने बताए । उनले तीनै तहका सरकार जिम्मेवार भएर लागेमा मात्र देश विकास हुने समृद्धि हासिल गर्न सकिने धारणा राखे । उनले विकास निर्माणका योजनाहरुको छनौटमा सबै तहका सरकारको सान्वय भएमात्र सही र आवश्यक योजनाहरु छनौट हुने समेत बताए । 

कार्यक्रममा राष्ट्रसभा सदस्य रामचन्द्र राईले गाँजा खेती गरिरहेका जिल्लाका किसानहरुलाई जिल्ला समन्वय समितिले वैधानिक र व्यवसायिक खेतीपातीतर्फ लगाउन भूमिका खेल्नुपर्ने धारणा राखे । समीक्षा बैठकमा जिल्लाका दशवटा स्थानीय ततलगायत जिल्ला स्थित सरकारी कार्यालय तथा गैरसरकारी संघसंस्थाले आर्थिक वर्ष २०७६/०७६ मा गरेका कामहरुको प्रस्तुती गर्नुभएको थियो ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेम बहादु पुलामी, ओम ग्लान, सन्त बहादुर चेपाङ्, जिसस उपप्रमुख भगवती पुडासैनी, मकवानपुरका १० वटै स्थानीय तहका प्रमुख÷उपप्रमुख, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, समन्वय अधिकारी आनन्दराज पोख्रेल, १० वटै पालिकाका प्रमुख प्रशासकिय अधिकृत, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एवम प्रतिनिधिहरुको सहभागिता थियो । जिल्ला समिक्षामा विभिन्न क्षेत्रमा याेगदान पुर्याउनु हुने ११ जनालाइ सम्मान समेत गरिएकाे थियाे ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०