Friday, 19th June, 2026
वि.स.

मकवानपुरका पूर्वसांसद लामाको आज अन्त्येष्टि गरिदै

lama-1605074275.jpg

कवानपुरका पुराना कम्युनिष्ट नेता तथा नेपाली राजनीतिमा चर्चित ‘नख्खु जेल सुरुङ काण्ड’ का ‘ब्रेकर’का रुपमा पनि चिनिने पूर्वसांसद वीरबहादुर लामाको पार्थिव शरीरलाई बुधबार अन्त्येष्टि गरिने जनाइएको छ । उनको लामा परम्परानुसार अन्त्येष्टि काठमाडौंँको स्वयम्भूस्थित घाटमा दिउँसो अन्त्येष्टि गरिने परिवारिक स्रोतले जनाएको हो ।

लामो शव काठमाडौंँको स्वयम्भूस्थित गुम्बामा राखिएको छ । पुराना कम्युनिष्ट नेता लामा नेपाली राजनीतिमा २०३३ साल चैत १२ गते राति भएको ‘नख्खु जेलब्रेक’ को एक मुख्य ब्यक्ति थिए । चवालीस वर्षअघि नख्खु कारागार तोडेर भाग्नेमध्येका एक लामा दुई वर्षदेखि उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित थिए । लामाले दुवै मिर्गौलाले काम गर्न छाडेपछि नियमित डायलसिस गराइरहेका थिए । बिसं २००७ साल भदौमा जन्मेका लामाको ७० काे उमेरमा उपचारकै क्रममा आइतबार बिहान निधन भएको हो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०