DO-1618544727.jpg
Saturday, 17th April, 2021
वि.स.

मकवानपुरका निर्वाचित पत्रकारलाई बधाई 

Patrakar-MahaSangh-Press-1617895300.JPG

नेपाल पत्रकार महासंघ मकवानपुरका नवनिर्वाचित कार्यसमिति, केन्द्रीय पार्षद र प्रदेश पार्षदहरुलाई बधाई तथा शुभकामना आदानप्रदान गरिएको छ । प्रेस संगठन मकवानपुरले २६ चैत्रमा बर्षे कार्यकालका लागि महासंघमा चयन भएका कार्यसमिति, केन्द्रीय पार्षद र प्रदेश पार्षदहरुलाई बधाई दिदै सफल कार्यकालको शुभकामना कार्यक्रम गरेको हो ।

नेकपा(माओवादी केन्द्र)का मकवानपुर अध्यक्ष प्रेमबहादुर पुलामीको प्रमुख अतिथ्य तथा प्रेस संगठन मकवानपुरकी अध्यक्ष अञ्जली थापाको अध्यक्षतामा बैठक भएको थियो । कार्यक्रममा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य एवं प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन, नेपाली कांग्रेस हेटौंडाका सभापती आनन्दराम पराजुली, प्रेस संगठनकाका बागमती प्रदेश संयोजक सुनिल खड्का, प्रेस यूनियन मकवानपुरका पूर्व अध्यक्ष रुपेश दुलाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारु मगर, मकवानपुरका नवनिर्वाचित अध्यक्ष मणिराज गौतम, पूर्व अध्यक्ष कौशल पाण्डे, मिडिया नेपालका कृष्णराम परियार लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा निर्वाचित भएकाहरुलाई खादा लगाएर सफल कार्यकालको शुभकामना प्रदान गरिएको थियो ।

पत्रकार महासंघ मकवानपुरको अध्यक्षमा मणिराज गौतम निर्वाचित भएका छन् । २५ चैत्रमा भएको पत्रकार महासंघ मकवानपुरको निर्वाचनमा प्रेस चौतारीका बालकृष्ण अधिकारीलाई पराजित गर्दै प्रेस युनियन, प्रेस संगठन(तत्कालिन प्रेस सेन्टर) र मिडिया नेपालको गठबन्धनका गौतमसहितको टोली निर्वाचित भएका हुन् ।

त्यस्तै, महासंघको उपाध्यक्षमा ध्रुव अधिकारी, महिला उपाध्यक्षमा सरला अधिकारी, सचिवमा शुभलक्ष्मी विश्वकर्मा, सहसचिवमा एमपी शर्मा, सहसचिव समावेशीमा मानवी बानियाँ, र कोषाध्यक्षमा केशव समर्पण लगायत चुनिएका छन् । साथै ११ जना प्रदेश परिषद् सदस्य र ४ जना केन्द्रीय परिषद् सदस्य पनि निर्वाचित भएका छन् । पत्रकार महासंघ मकवानपुर शाखामा आवद्ध १६४ जना पत्रकारमध्ये १६१ जनाले मात्रै मतदान गरेका थिए ।

https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes.com@gmail.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरु माझ देशविदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)