Friday, 19th June, 2026
वि.स.

भैसे–भीमफेदी सडक स्तरोन्नतिको शिलान्यास

Vimfedi-1605017382.jpg

काठमाण्डौं हेटौंडा सडक खण्डअन्तर्गत भैसे भीमफेदी सडक खण्डको स्तरोन्नति कार्यको २५ कात्तिकमा शिलान्यास भएको छ । एक कार्यक्रमकाबीच वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले  स्तारोन्नतिको शिलान्यास गरेका हुन् ।

प्रदेश सरकारले निर्माण गर्न लागेको पोष्टबहादुर बोगटी सुरुङमार्गको दक्षिणी खण्डको रुपमा यसको स्तारोन्नति गर्न लागिएको हो । कूल लागत रु ६३ करोड ७० लाख ६५ हजारमा सडकलाई १० मिटरको चौडा पार्ने, नाला निर्माण गर्ने तारजाली एवं पर्खाल लगाउने तथा कालोपत्रे गर्ने कार्य गरिने प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ । दुईवर्ष भित्र सम्पन्न गर्ने शर्तसहित हेटौंडाको आशिष डिएस. जेभीले गत असार २४ मा निर्देशनालयसँग ठेक्का सम्झौता गरेको छ । सम्झौता अनुसार निर्माण कम्पनीले आगामी २०७९ साल असार २३ सम्ममा कार्य सम्पन्न गरिसक्नुपर्ने छ ।

शिलान्यास कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयालले भैसे– भीमफेदी सडकको स्तारोन्नति तोकिएको समय भित्रै सम्पन्न हुने बताउनुभयो । समयमै काम सम्पन्न गर्ने ठेकेदार कम्पनीलाई सरकारले पुरस्कृत गर्ने बताउदै मन्त्री फुयालले कामको गुणस्तर र विकासको द्रुतता सरकारको चाहना भएको धारणा राखेका थिए । 

कार्यक्रममा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले प्रदेश सरकारले सञ्चालन गरेका योजनाको सफलताका लागि गाउँपालिका हदैसम्मको सहयोग र सहकार्य गर्न तत्पर रहेको उल्लेखगर्दै सडक चौडा गर्ने क्रममा विस्थापित हुने झण्डै सय परिवारको उचित व्यवस्थापनमा समेत सघाउन प्रदेश सरकारलाई अनुरोध गरे । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०