Thursday, 3rd September, 2026
वि.स.

भैंसे–दक्षिणकाली सडक स्तरीकरण हुने, भीमफेदी–कुलेखानी सुरुङमार्गलाई ७५ करोड

kilash-dhu-1623758733.jpg

आगामी आर्थिक वर्ष २०७८/७९ मा भैंसेदेखि दक्षिणकालीसम्मको सडक स्तरीकरण हुने भएको छ । आर्थिक वर्ष २०७८–०७९ को बजेट प्रस्तुत गर्दै बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले सो घोषणा गरेका हुन् ।

बजेट वक्तव्यको क्रममा उनले भैंसे–दक्षिणकाली ५३ किलोमिटरअन्तर्गत भैंसे–भीमफेदी ११.५ किलोमिटर र कुलेखानी–दक्षिणकाली २१ किलोमिटर सडकको लागि आवश्यक बजेट विनियोजन गरेको जनाए ।

त्यसैगरी बहुप्रतिक्षित भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण आउने आर्थिक वर्षबाट हुने भएको छ । सुरुङमार्ग निर्माणको पहिलो चरणमा प्रदेश सरकारले ७५ करोड रुपैँया बिनियोजन गरेको छ । सुरुङमार्ग निर्माणको लागि प्रदेश सरकारले संघिय सरकारसँग समन्वय गर्ने समेत जनाइएको छ ।

 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif