nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 28th April, 2024
वि.स.
1000043965-1707579226.jpg

बिसिङ्खेलको अल्पका र कालिजले पर्यटक तान्दै

4-1-1024x389-1622881620.png

मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नम्बर–१० मा अवस्थित चित्लाङ गाउँलाई मकवानपुरको नमूनाको रूपमा लिन सकिन्छ । वरिपरि पहाडले घेरिएको बीचमा खोँच जस्तो देखिन्छ । बाह्रै महिना चिसो भइरहन्छ चित्लाङमा ।

उत्तरतिर चन्द्रागिरी डाँडा र दक्षिणतर्फ महाभारत रेन्जमा अवस्थित चित्लाङ काठमाडौँदेखि चित्लाङको दूरी २६ दशमलव ७ किमी मा पर्दछ । समुद्री सतहबाट एक हजार सात सय पचास मिटरको उचाइमा अवस्थित यस क्षेत्रमा तामाङ, नेवार, ब्राम्हण, क्षेत्रीको मिश्रित बसोबास रहेको छ । तीन हजारको हाराहारीमा जनसङ्ख्या रहेको छ ।

चित्लाङलाई भुटानको पारो भ्यालीसँग तुलना गर्न सकिन्छ । यहाँको प्रमुख व्यवसाय भनेको नै खेतीपाती र पशुपालन नै रहेछ । अहिले बाटोघाटोको सुविधाले गर्दा होटेल व्यवसाय पनि फास्टाएको देखिन्छ । गाउँभरि नै होमस्टे सञ्चालन सङ्ख्या १९ वटा पुगेको रहेछ । व्यवस्थित रिसोर्ट । यहाँ पुरानो शैलीमा निर्मित घरहरू सकला नै देखिन्छन् । केही पुरातात्विक सम्पदा मर्मतसंभार र पुनःनिर्माण नहुनाले भग्नावशेषमा परिणत हुनसक्ने देखियो ।

एसियाकै दुर्लभ मानिने अल्पका जनावरको पालन

थाहा नगरपालिका वडा नम्बर–१० चित्लाङकै बिसिङखेलमा एसियाकै दुर्लभ मानिने अल्पका जनावरको पालन यहाँ गरिएको छ । चित्लाङको घुम्न आउनेहरु हिमालयन प्लान्टेशन प्रालिले सञ्चालनमा ल्याएको अल्पाका हेर्न छुटाउँदैनन् । गाई भन्दा सानो तर बाख्रा भन्दा ठूलो देखिने अल्पका जनावर पृथक किसिमको देखिन्छ । हाल नौ वटा अल्पका पाल्दै आएका छन् ।

गतवर्षको लकडाउनमा बिभिन्न किसिमका रोग लागेर छ वटा अल्पाका मरेको थियो । यो जनावरबाट ऊन प्राप्ति हुन्छ । अल्पकाको रौबाट बनेको ज्याकेट जाडोमा तातो र गर्मिमा शीतल दिने खालको हुन्छ । जुन ऊन विश्व बजारमा अत्यन्तै महङ्गो रहेको रहेछ । एशियामै नेपालमा मात्र पालिएको अनौठो जीव उँटे भेडा (अल्पाका) मकवानपुरको उत्तरी क्षेत्रमा पालिएकाले यसलाई हेर्नका लागि ५० रुपैयाँको टिकट काटेर मात्र हेर्न पाउने नियम बनाइएको छ ।

२०५० साल देखि बिसिङखेलमा अल्पाका पाल्न थालिएको हो । ४० रोपनी क्षेत्रफलमा दुर्लभ अल्पाका कोही चर्दै छन् त कोही घुम्ने कोही बास बसेका देखिन्छन् । अल्पाकालाई रेखदेख गर्ने पनि नजिकै छन् । यहाँ दुइ वटा पोथी, चार वटा भाले र तीन वटालाई खसी बनाइएको हिमालयन प्लान्टेशन प्रालिका म्यानेजर पदम खड्का वताउँछन् साउथ अफ्रिका, साउथ अमेरीकाबाट अल्पाका ल्याइएको हो । नेपालभरीमा चित्लाङमा मात्र अल्पाका हेर्न पाइन्छ । यो पाल्नका लागि कम्पनिले स्वीकृति लिएर पाल्न थालेको हो । २०५० सालमा १५ लाख रुपैयाँ लागतमा खरिद गरेर एउटा भाले र पोथी खरिद गरेर ल्याइएको थियो ।

एउटा अल्पाकाले एक वर्षमा २ देखि तीन कुइन्टल सम्म उन उत्पादन गर्ने गरेको छ । यो उन बिक्री गरिदै आएको र बार्षिक ५ देखि ६ लाख रुपैयाँ सम्मको उन बिक्री गरिदै आएको खड्का वताउँछन्। यसलाई प्रोत्साहन गर्नका लागि बागमती प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको पशुपन्छी तथा मत्स्य बिकास निर्देशनालय हेटौंडाले बितेको आर्थिक वर्षमा कृषि पर्यटन प्रवर्दनको लागि भनेर ५ लाख ९४ हजार रुपैयाँ उपलब्ध गराएको निर्देशनालयका निमित्त निर्देशक डाक्टर रामप्रकाश प्रधानले जानकारी दिनुभयो । यहाँ अल्पाका पाल्ने काम संगै जैतुन खेती पनि भइरहेको छ । यही क्मपनिले पर्यटकहरु आएर बस्नका लागि होमस्ट्रे पनि सुरु गरेको छ । एभोकाडो, किबी र तरकारी खेती पनि गरिएको छ ।

जग्गा भाडामै लिएर कालिज पालन

भक्तपुर सुर्यविनायकका आशिष उपाध्यायले ९ रोपनी जग्गा भाडामा लिएर कालिज पालन सुरु गरे । नेपालमा भर्खरै कालिज पालन व्यवसाय सुरु भएको हुँदा उनले चेक रिपब्लिकबाट ४ हजार अण्डा मगाए । यहाँको कुखुराको चल्ला उत्पादन गर्ने ह्याचरीलाई उनीहरुले कालिजको चल्ला उत्पादन गर्न दिए ।

चेकबाट अण्डा आउन ढिलाई भएका कारण करिब एक हजार चल्ला मात्र निस्किए । तर त्यसबाटै उत्पादन बढाउँदै लगेर अहिले ३ हजार कालिज पुगेका छन् भने १ हजार विक्रि भैसके । उनीहरुको कामलाई हौसला बढाउन पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बागमती प्रदेश हेटौंडाले नौ लाख ९० हजार रुपैंया अनुदान उपलब्ध गराएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाका सूचना अधिकारी डाक्टर बबलु ठाकुर वताउँछन्।

यस अनुदान रकमलाई उनीहरुले खोर सुधार, ट्रस निर्माण, ब्रिडिङ सेन्टर बनाउन लगानी गरे । मानिसहरु कालिजको मासु खोज्दै फार्ममैं आइपुग्ने हुँदा उनीहरुलाई बजारको समस्या भएन ।

६ महिना उमेर पुगेको कालिज मासु उपभोगका लागि उपयुक्त हुन्छ । यतिबेला एउटा कालिजबाट एक किलो तयारी मासु उत्पादन हुन्छ । उपभोक्ताहरुले एउटा कालिजलाई ३५ सय रुपैंयामा खरिद गरेर लग्छन् । बागमती प्रदेश सरकारले कालिज पालनमा लागेका किसानलाई हौसला बढाउन कार्यक्रम सञ्चालन गरेको छ ।

विदेशमा रोजगारी गरेर फर्किएका युवा तथा कृषिमा नयाँ केहि गर्न चाहने युवाको रोजाईमा अहिले कालिज पालन व्यवसाय पहिलो प्राथमिकतामा रहेको छ । युवाहरुको यहि जोश र जाँगरमा होस्टेमा हैंसे गर्दै अघि बढीरहेको छ बागमती प्रदेश सरकार ।

कालिज पालनले मासुमा आत्म निर्भर बन्न थप सहयोग

नेपालको कुल मासु उत्पादनमा महत्वपुर्ण योगदान पु¥याउनका लागि विभिन्न जिल्लाहरुमा कालिज पालनको सुरुवातले सहयोग गरेको वताउँदै निर्देशनालयका निमित्त निर्देशक डाक्टर रामप्रकास प्रधान भन्छन्–‘यो कालिज पालनको लागि कालिजको चल्ला भनौं अथवा कालिजको अण्डा विदेशबाट ल्याएर हाम्रो देशमा आफ्नै इन्क्विभेटरबाट २४ दिन अण्डालाई इन्क्विभेटरमा राखेर चल्ला उत्पादन गरेर विक्रिवितरण गर्ने गरेको छ । र यसको लागि नेपाल सरकार पशु सेवा विभागबाट अनुमति लिनुपर्ने हुन्छ । र त्यो अनुमति लिएर विदेशबाट उहाँहरुले अण्डा अथवा कालिजको चल्लाहरु ल्याएर यहाँ पालन गर्ने अथवा विक्रि वितरण गर्न सकिन्छ ।’

बिदेशबाट अण्डा ल्याउने र यहाँ चल्ला उत्पादन गरिदै आएको उनी वताउँछन्। कालिजका लागि छुट्टै ह्याचरी र कुखुराको ह्याचरीमा पनि अण्डा ल्याएर उत्पादन गरिदै आएको उनी वताउँछन्।

कृषि पर्यटन प्रबद्र्धनको लागि कालिज, टर्की, हाँस लगायत अन्य पशुपन्छी कार्यक्रममा बितेको आर्थिक वर्षमा निर्देशनालयले किसानलाई संबोधन गर्नका लागि बजेट छुट्याएको थियो । कालिज पालन, अल्पाका पालन, स्थानीय जातका कुखुरा पालन लगाएतकाखेगरी २ करोड ९ लाख १० हजार रुपैयाँ बजेट खर्च भएको निर्देशनालयका सूचना अधिकारी डाक्टर बबलु ठाकुर वताउछन् ।

यो शिर्षकको कार्यक्रम त्यसमध्ये ४० जना किसानलाई अनुदान सहयोग गरिएको उनी बताउँछन्  ।

कालिज पालनको कानूनी प्राबधान, लाग्ने रोगबच्ने उपाय

अरु कुखुरा र पन्छीहरुमा जस्ते कालिजमा पनि बिभीन्न किसीमका रोगहरु लाग्ने गर्दछ । यसलाई बचाउन नियमित रुपमा भ्याक्सीन लगाउनुपर्ने बागमती प्रदेशको पशुपन्छी तथा मत्स्य बिकास निर्देशनालय हेटौंडाका निमित्त निर्देशक डाक्टर रामप्रकास प्रधान वताउछन् । कालिजमा जिवाणु रोग लाग्छ, भाइरसबाट रोग लाग्ने हुनाले किसानले यसमा सचेत रहन उनको आग्रह छ । रोग लागेमा वा लाग्नुभन्दा पहिले नै भ्याक्सीन लगाउनुपने उहाँको तर्क छ । कालिजमा भ्याक्सीन तालिका अनुसार लगाउनुपर्ने हुन्छ ।

नेपालमा अरु पशुपन्छी पालन जस्तो सहज कालिज पालनमा छैन । कानूनी प्राबधान पुरा गरेपछी मात्र कालिज पालन गर्न पाइन्छ । पहिले भारतबाट यसको अण्डा ल्गाउन पनि स्वीकृति लिएर मात्र ल्याउन पाइने उनी वताउछन् । नेपाल सरकार पशुसेवा बिभागबाट स्वीकृति लिएर बिदेशबाट कालिजको अण्डा ल्याउन पाइने छ । यस भन्दा पहिले किसानले निबेदन दिएर स्वीकृति लिएपछी मात्र ल्याउन पाइन्ने छ । कालिज पालनमा नयाँ ह्याचरीको मापदण्ड पनि पुरा गर्नुपर्ने उनी वताउछन् । सरकारको निर्देसीका अनुसार मात्र पालन गर्न पाउने छन् । फेरी हुर्काएपछी बेच्ने बेलामा पनि सरकारको स्वीकृति चाहिने उनी वताउछन् ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)