nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा नगरपालिकामा पर्यटकको सङ्ख्यामा कमि

daman222-1584176348.jpg

थाहा नगरपालिकाको मुख्य पर्यटकीय गन्तव्यको रूपमा रहेको दामन पालुङ, चित्लाङ, इन्द्रसरोवरको मार्खुलगायतका क्षेत्रमा आउने पर्यटकको सङख्यामा कमि आएको छ।
आन्तरिक पर्यटकसमेत यात्रामा निस्कन छाडेका छन् । गत माघ ६ गते थाहा नगरपालिकाको दामनस्थित होटलमा निसासिएर ८ भारतीय पर्यटकको मृत्यु भएदेखि नै दामन पालुङ क्षेत्रमा आउने पर्यटक घटेको थाहानगर होटल एसोसिएसनका अध्यक्ष शिवकुमार खत्रीले बताए ।

‘यहाँ पर्यटक अड्याउन सकिने कुनै नयाँ संरचना नै बनेनन् । जहिलै आउँदा पनि दामनको भ्युटावरबाट हिमाल र डाँडाकाँडा हेर्ने अनि एकरात सुत्ने मात्रै भयो,’ उनले भने, ‘पर्यटकीय संरचना नहुँदा पर्यटक आउनै छाडे । भारतीय पर्यटकको मृत्युपछि रिसोर्टलाई पर्यटन विभागले बन्द गरायो । पर्यटकमा भने दामनका सबै होटल बन्द भए भन्ने भ्रम परेको छ ।’

चित्लाङमा आउने पर्यटक पनि घटेका छन् । कतिपय सरकारी कार्यालयले होमस्टे तथा रिसोर्टका लागि गरेका अग्रिम बुकिङ रद्द गराएका छन् । माघयता चित्लाङमा पर्यटक आउने सिजन भए तापनि गत वर्षको जस्तो धेरै चाप नरहेको चित्लाङ अर्गा्निक भिलेज रिसोर्टका सञ्चालक देवेन्द्र नेपालले बताए । ‘हाम्रातिर बाह्यभन्दा पनि आन्तरिक पर्यटक बढी आउने गर्छन् । कोरोना प्रभावले बाह्य पर्यटकको आवागमन भने ठप्प छ,’ उनले भने, ‘आन्तरिक पर्यटकको संख्या पनि केही घटेको छ ।’

सरकारी कार्यक्रमहरूका लागि भएको सबै बुकिङ फिर्ता भएको उनले बताए । चित्लाङ र इन्द्रसरोवरको मार्खुमा विशेषगरी काठमाडौंबाट एक रात वा दुई रातसम्म बिताउने गरी पर्यटक आउने गरेका छन् । काठमाडौंबाटै ट्राभल एजेन्सीमार्फत चन्द्रागिरि हुँदै चित्लाङ, मार्खु, इन्द्रसरोवरमा डुंगा सयर, बाख्रा फार्म, अल्पाका फार्म अवलोकनका लागि प्याकेजमै पर्यटक ल्याउने र लैजाने गरिएको छ ।

अहिले भने पर्यटकको संख्यामा निकै कमी आएको होटल व्यवसायीको भनाइ छ । ‘यतिबेला हाम्रोमा पर्यटक आउने मुख्य सिजन हो, पहिले कुनै दिन पनि होटल खाली हुँदैन थिए,’ मार्खुस्थित होटल इन्द्रसरोवरका सञ्चालक रामप्रसाद श्रेष्ठले भने, ‘यसपालि आउनेजाने घटेका छन् । प्रायः शुक्रबार मात्र होटल भरिन्छन ।’
 कान्तिपुर दैनिकबाट



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)

daman222-1584176351.jpg