nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

वसन्त ऋतुको आगमनसँगै मनमोहक थाहानगर-हेर्नुहोस् फोटो फिचर

वसन्त ऋतुको आगमनसँगै मकवानपुर थाहानगरमा रहेका बोटबिरुवामा पालुवा फिरेका छन् । पछिल्लो समय शहर उन्मुख हुँदे गएको थाहानगर वसन्त ऋतुको आवागमनसंगे हरियाली हुन थालेको छ । 

बोटबिरुवाले पालुवा फिरेसँगै सौन्दर्यसमेत बढाएका छन् । वसन्तको हरियालीसँगै फुलेका रङ्गीचङ्गी फूलले पैदलयात्री तथा स्थानीयबासीलाई थोरै भए पनि राहत र आनन्दको अनुभूति गराएको छ ।

धेरै गर्मी नहुने र धेरै जाडो पनि नहुने वसन्त यामलाई प्रकृतिको काँचुली फेर्ने ऋतुको रुपमासमेत चिनिन्छ । घरैघर, बंगलैबंगलाका बीचमा थोरै संख्यामा भए पनि मनै लोभ्याउने गरी फूलेका यी फूल आफैँ वसन्त ऋतुका ज्वलन्त उदाहरण हुन् ।

हेर्नुहोस् फोटो फिचर:

 



https://thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।