nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 28th April, 2024
वि.स.
1000043965-1707579226.jpg

पर्यटन पूर्वाधार विकासको लागि मकवानपुरका तीन स्थान छनौट

m1-1613200758.jpg

सरकारले पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास प्रवद्र्धन गर्ने उद्देश्यले प्रदेश र स्थानीय तहसँगको साँझेदारीमा कार्यक्रम संचालन गर्न मकवानपुरका तीन स्थानीय तहका तीन स्थान छनौट गरेको छ ।

मकवानपुरमा छनौट भएका स्थानहरुमा कैलाश गाउँपालिकाको कैलाश बैकुण्ठ गुप्तेश्वरीधाम पर्यटन विकास आयोजना, इन्द्रसरोवरको फाखेल मैत्रीपार्क र भीमफेदी गाउँपालिकाको ऐतिहासिक चिसापानीगढी क्षेत्र परेका छन् ।

देशभर दुई सय नमुना आयोजना गरिएकोमा मकवानपुरमा तीन क्षेत्र छनौट भएको हो । सँस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी (संचालन तथा व्यवस्थापन) निर्देशिका २०७७ अनुसार, प्रदेश र स्थानीय तहसँग लागत साझेदारीमा काम गर्ने दुई सय आयोजना छनौट गरेका हुन् ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)