nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 23rd April, 2024
वि.स.
1000043965-1707579226.jpg

आन्तरिक पर्यटन प्रवद्र्धन् गर्दै इन्द्रसरोवर गाउँपालिकाका कर्मचारीहरुले गरे भ्रमण तथा बनभोज कार्यक्रम

IMG_3593-1582993644.JPG

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने उदेश्य अनुरुप इन्द्रसरोवर गाउँपालिकाका कर्मचारी समुहले भ्रमण तथा बनभोज कार्यक्रम गरेको छ। शनिबार गाउँपालिकाका कर्मचारीहरुको समुह आन्तरिक पर्यटन प्रवद्र्धन गर्दै इन्द्रसरोवर गाउँपालिका ५ मा रहेको चन्द्रागिरी तथा भालेश्वर महादेवको दर्शन गर्दै बनभोज कार्यक्रम गरेको हो । गाउँपालिका भित्र रहेका विभिन्न स्थानहरुको बारेमा स्थानीय तहलाई नै पर्याप्त जानकारी हुनु पर्ने भएकाले प्रत्यक्ष अवलोकण भ्रमण मार्फत प्रचार प्रसार र सम्भाव्यता अध्ययनका लागि सहयोगी हुने भएकाले भ्रमण तथा बनभोज कार्यक्रमको आयोजना गरिएको गाउँपालिका इन्जिनियर बिमल मोक्तानले बताउनु भयो । 


भ्रमणले कर्मचारीहरु बिच आत्मियता बढाउने, नियमित कामबाट मानसिक बिश्राम मिल्ने र स्थानीय पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसारमा समेत सहयोग पुग्ने हुनाले मासिक रुपमा एक पटक यस्तो भ्रमण गर्न आवश्यक रहेको गाउँपालिकाका न.प्र.स सृष्टि सिग्देलले बताउनु भयो ।


भ्रमण तथा बनभोज कार्यक्रममा इन्द्रसरोवरकै एक महत्वपूर्ण पर्यटकीय गन्तव्य चन्द्रागिरी, चखेल स्थित ऐतिहाँसिक पेमा छ्योइलिङ गुम्बा लगायतका महत्वपूर्ण स्थलहरुको भ्रमण गरिएको थियो ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।