nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 23rd April, 2024
वि.स.
1000043965-1707579226.jpg

बागमती प्रदेशको इन्द्रसरोवरलाई पर्यटकीय क्षेत्र बनाउन काम शुरु

mantralaya-1584087812.jpg

बागमती प्रदेश सरकारले पर्यटकीय क्षेत्रमा एक सय वटा काम सुरु गरेको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तरगतको पर्यटन विकास आयोजनाले एक सय वटा योजनाको काम सुरु गरेको हो ।

चालु आर्थिक वर्षमा २९ वटा ठुला योजनाको ठेक्का मार्फत काम सुरु गरिएको छ । अरु ७० वटा योजानको उपभोक्ता समिति मार्फत काम गर्दै आएको छ । बागमती प्रदेशमा धेरै भन्दा धेरै पर्यटक भित्रयाउनका लागि पर्यटकिय पूर्वाधारका काममा जोड दिइएको प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले वताए । देशका सातवटै प्रदेश मध्य प्रमुख पर्यटकिय गन्तव्यका रुपमा बागमती प्रदेशलाई वनाउने अभियान अनुसार काम भइरहेको उनले वताए । प्रदेशले पर्यटन क्षेत्रमा गर्ने प्रमुख काम मध्यमा हिल स्टेसन, जुगल हिमाल आरोहण, इन्द्रसरोवरलाई प्रमुख केन्द्र वनाएर काम गर्न सुरु गरिएको मन्त्री नेपालले वताए । विभीन्न जिल्लामा रहेका गढीहरुको संरक्षण गर्दै पर्यटकिय क्षेत्रका रुपमा विकास गरिन लागिएको छ ।

हरेक पर्यटकिय क्षेत्रको मास्टर प्लान वनाएर काम गर्न लागिएको पनिउनले जानकारी दिए। गत वर्षमा प्राविधिक कर्मचारी अभावका कारण पर्यटन क्षेत्रको वजेट खर्च हुन सकेको थिएन । चालु आर्थिक वर्षको सुरुवात देखिनै यस क्षेत्रमा काम गर्न थालिएकोले ९९ सय वटा योजनाको काम सुरु भएको पर्यटन विकास आयोजनाका प्रमुख शिव सापकोटाले वताए । पर्यटन पूर्वाधारका क्षेत्रमा ७५ लाख देखि ५ करोड रुपैयाँ लागत पर्ने योजनामा ठेक्का मार्फत काम भइरहेको उनले वताए । ठेक्का लगाइएका धेरैजसो योजनाहरु वहुवर्षिय योजना रहेका छन् ।

अरु साना खालका ७० वटा योजना भने स्थानीय उपभोक्ता समिति मार्फत काम सुरु भएको आयोजनाका प्रमुख सापकोटाले वताए । अरु काम भने ठेक्का र उपभोक्ता समिति मार्फत सुरु गर्नका लागि तयारी भएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)