nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 16th April, 2024
वि.स.
1000043965-1707579226.jpg

इन्द्रसरोवरमा पर्यटन वर्षको भव्य स्वागत हुने

kulekhani-5-1577501907.jpg

नेपाल अहिले भ्रमण बर्ष २०२० कसरी मनाउने भन्ने पूर्व तयारीमा लागेको छ । भ्रमण वर्षको स्वागतमा के कार्यक्रम गर्ने र कसरी गर्ने भन्ने योजना भैरहेको बेलामा प्रदेश नं ३ कै प्रमुख पर्यटकिय गन्तव्यका रुपमा रहेको मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले भने नेपाल भ्रमण वर्ष २०२० लाई भव्य कार्यक्रमको साथमा स्वागत गर्ने भएको छ । डिसेम्बर ३१ तथा पौष १५ मा इन्द्रसरोवर गाउँपालिकाले पर्यटन बजार डटकमसँगको समन्वयमा स्वागत कार्यक्रम गर्ने भएको हो ।  
कार्यक्रममा गाउँपालिकाको प्रत्येक वडाबाट एउटा–एउटा सांस्कृतिक नृत्य, झाँकी, नाच लगायतका संस्कृतिहरु प्रदर्शन गरिने गाउँपालिकाका अध्यक्ष जीवन लामाले बताए । यस सांस्कृतिक तथा गन्तव्य प्रवर्द्धन कार्यक्रमले इन्द्रसरोवर गाउँपालिकामा रहेका सुन्दर तथा ऐतिहासिक पर्यटकीय स्थलहरुको प्रचार प्रसारमा सहयोग पुग्नेमा आफु बिश्वस्त रहेको गाउँपालिकाका अध्यक्ष लामाले बताए । 
भ्रमण बर्षको स्वागत कार्यक्रम पौष १५ गते दिउसो १२ बजे देखी हुनेछ । जसमा सांस्कृतिक कार्यक्रमसंगै औपचारिक कार्यक्रम हुनेछ भने बेलुकाको समयमा डिजे नाइट पार्टी संगै कन्सर्ट हुने छ । उक्त अनौपचारिक कार्यक्रम साँझ ५ बजे देखि रातिको १ बजे सम्म हुने आयोजकले बताएको छ । उक्त कन्सर्टमा झापाको चर्चित ब्याण्ड एकाग्रहले प्रस्तुती दिने छ । सोही कार्यक्रममा मार्खुको गुम्बाडाँडाबाट प्याराग्लाइडिङ समेत गरिने छ ।

स्थानीय पर्यटकिय गन्तव्यहरुको व्यापक प्रचार
भ्रमण वर्षमा पर्यटकिय स्थानहरुलाई गन्तव्यको रुपमा चिनाउन र प्रचारका लागि स्थानीय तहहरुको होडबाजी नै चलेको छ । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आफ्नो गाउँ तथा नगरमा भिœयाउन विविध गतिविध भैरहेका छन् । यहि अवसरमा इन्द्रसरोवरमा पर्यटकिय सम्भावना भएका स्थलहरुको खोजी, प्रचार तथा प्रवद्धनको अभ्यास भएका छन् । सोही कार्यक्रममा इन्द्रसरोवर भित्र छायाँमा परेका पर्यटकिय गन्तव्यहरुको प्रचार एवम् प्रवद्र्धन गर्न विविध जानकारी सहितको ब्रोसर समेत वितरण गरिने तयारी भएको छ । 

संघीय राजधानी काठमाडौँ नजिक अवस्थित यस गाउँपालिका पर्यटकीय गन्तब्यको प्रचुर सम्भावना बोकेको गाउँपालिका हो । जहाँ ताल, गुफा, झरना, हिमालका सुन्दर दृश्यावलोकन गर्न सकिने अग्ला डाँडा, हरियाली सल्लै सल्लाको मन मोहक जंगल, लालीगुराँसले थपेको सुन्दरता र मिजासिला गाउँवासी, सबै चिज छ । यस गाउँपालिकामा रहेको मानव निर्मित इन्द्रसरोवर तालसंगै , भालेश्वर महादेव, गुप्तेश्वर गुफा, हट्केस्वर महादेवको मन्दिर सहित गुफा, एतिहासिक चन्द्रगढी, प्राकृतिक आजादेश्वर मन्दिर, बोक्सी दह, करीव ८० मिटर भरना, ह्वाङह्वाङ गुफा, लामवगरमा अवस्थित नाट्यश्वरी महादेव मन्दिर, ईश्वरेश्वर तथा धनलक्ष्मी मन्दिर, खानीखेतमा अवस्थित पञ्चकन्या देवी मन्दिर, किटेनी स्थित सरस्वती मन्दिर, लुण्डुप हयोलिङ गुम्वा, धेचीन गुम्वा, महाङ्कालथान, सुकौरा लुण्डुक छ्योयइलिङ गुम्वा, पञ्चकन्या देवी मन्दिर, हुमाने डाँडा दृष्यावलोकन गर्ने ठाँउ, भैरवनाथ मन्दिर, सलेमले डाँडा (हाल फाखेल मैत्री पार्क ) , पुरानो खर्क, डाँडीखेल, पौवा, जातीपोखरी, राकसखोलाको मानेडाँडा, महाङकाल मन्दिर, लक्ष्मीनारायण मन्दिर सिम्लाङ, शक्तेश्वर मन्दिर वज्रमाठ, ओखरडाँडा चैत्य र शिकारी गाँउ, छडधार लगायतका ऐतिहासिक तथा धार्मिक ठाँउहरु रहेका छन् ।

त्यसैगरि आजादेश्वर मन्दिर सिस्नेरी, लंकाधामी अदुवावारी, सुन्दरीदेवी ठूलोटार, कालीदेवी बल्छी भन्ज्याङ, सेतीदेवी दम्की, नारायणथान मन्दिर टेकर , ह्वाङ्ग दुलो , डब्लु डाँडा ,सदाबहार झरना ,ठाडो झरना ,नेचुरल स्विमिङ्ग पुल ,चौकोट देबी ,बोक्सी डाँडा, नागदह कुना , सुलिकोट डाँडा ,भेंडा फार्म , भालु गुफा सिमलाङ्ग गणेश मन्दिर, शान्ती बगैचा बाटिका , काशिचौर(कुकुरको शिला भएको स्थान ),काल्थुम्कि डाँडा , मच्छिन्द्र बनमा अवस्थित ज्योतिष ओडार आदि स्थानहरु पनि धार्मिक हिसावले महत्वपूर्ण रहेका छन् ।



https://thahatimes.com/public/images/users/Puskal-1558329275.jpg

पुस्कल गोले सागर

news.pskl@gmail.com

गोले थाहा टाइम्स डटकममा आवद्ध पत्रकार हुन् ।