nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरमा पर्यटन प्रवद्र्धन र ऐतिहासिक गढीहरुको संरक्षण गर्न साइकल यात्रा

m-1615100548.jpg

वाग्मती प्रदेशको राजधानी मकवानपुरको हेटौँडामा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने र ऐतिहासिक गढीहरुको संरक्षणको सन्देश प्रवाह गर्ने उद्देश्यले मकवानपुरगढीबाट सिन्धुलीगढीसम्म साइकल यात्रा शुरु गरिएको छ ।

शनिबार मकवानपुरगढीमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विश्व साइकलयात्री पुस्कर शाहलाई साइकल र राष्ट्रिय झण्डा हस्तान्तरण गरेर साइकलयात्राको शुभारम्भ गरेका हुन्। मुख्यमन्त्री पौडेलले साइकलयात्रीलाई उत्साह भर्न केही मिनेट साइकल पनि डो¥याएका थिए । वाग्मती प्रदेश सरकारको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयको संयोजकत्वमा गढीबाट गढीसम्मको साइकलयात्रा आयोजना गरिएको हो ।

चर्चित विश्व साइकलयात्री शाहको अगुवाइमा तीन महिलासहित १२२ साइकलयात्रीले मकवानपुरगढीबाट यात्रा शुरु गरेको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी नवराज पुडासैनीले जानकारी दिए । मकवानपुरगढीबाट हेटौँडा–फापरबारीको सडकखण्ड हुँदै शनिबार राति सिन्धुलीको हरिहरपुरगढीमा बास बसेको टोलीले आज साइकलयात्री सिन्धुलीगढी पुगेर आफ्नो यात्रा समापन गर्नेछ । मकवानपुरगढीबाट सिन्धुलीगढीको दूरी १३१ किलोमिटर छ । साइकलयात्राका लागि रु ११ लाख ५० हजार लाख खर्च हुने अनुमान गरिएको छ ।रासस



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)