nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

बाढीले सवारी आवागमनमा समस्या भएपछि पालुङ खाेलामा डाइभर्सन निर्माण

IMG_20210626_120551-1624689622.jpg

थाहा नगरपालिकाकाे इन्द्रायणी मोटर बाटोको इन्द्रायणी चौर-पालुङ खोलामा ह्युम पाइपसहितको सडककाे बैकल्पिक व्यवस्था गरिएकाे  छ  । अहिले डाइभर्सन तयार भएपछि मुख्य सडक तथा बजार आउजाउमा सहज भएको छ ।

साे खाेलामा पक्की पुल निर्माण भइरहेका छ । पुल निर्माणकाे क्रममा साविककाे ह्युमपाइप निकालिएकाेमा अहिले वर्षाका कारण सवारी आवागमनमा समस्या भएकाे थियाे । पुनः ह्युमपाइप राखेर बैकल्पिक सडककाे व्यवस्था गरिएपछि सवारी आवागमन सहज भएकाे सपना निर्माण सेवाका प्रतिनिधि सुजन कार्कीले बताए ।

बागमती प्रदेशअन्तर्गतको पूर्वाधार विकास मन्त्रालयबाट ५ करोड ७४ लाखमा ठेक्का पाएको साे निर्माण सेवाले आउँदो २०७९ असार सम्म पक्की पुल निर्माण सम्पन्न गर्ने लक्ष राखेकाे छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)