Wednesday, 17th June, 2026
वि.स.

बागमती प्रदेशमा कोरोना संक्रमतिको संख्या उच्च

bagmati-p-1602411525.jpg

बागमती प्रदेशमा अरु प्रदेशको तुलनामा धेरै कोरोना संक्रमित फेला परेका छन् । यस प्रदेशमा संक्रमितको सख्या अरु प्रदेशको तुलनामा निकै वढेको पनि छ । कुल संक्रमितको ४५ दशमलब ३६ प्रतिशत कोरोना संक्रमित बागमती प्रदेशमा पुष्टि भएका छन् ।

हाल सम्म बागमती प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाको कोरोना संक्रमतिको सख्या ४७ हजार ९ सय ४१ जना पुगेको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका कोभिड १९ का प्रबक्ता डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिए । 

बागमती प्रदेशमा एकै दिनमा तीन हजारसम्म संक्रमतिहरु ब्ढ्ने गरेको पनि उहाँले जानकारी दिनुभयो । परिक्षणको दायरा बढाएसँगै कोरोना भाइरस संक्रमितको संख्या पनि बढेको हो । पहिलेको तुलनामा एकैदिन धेरैजनामा कोरोना संक्रमण पुष्टि भएको हो । बागमती प्रदेशमा विदेशबाट फर्कनेसंगै नेपालमै रहेकाहरुमा पनि कोरोना देखिएको छ । प्रदेशमा कोरोना संक्रमण पुष्टि भएका मध्यमा ५७ प्रतिशत निको भएर डिस्चार्ज समेत भएका छन् ।

प्रदेशमा २७ हजार ३ सय ७२ जना कोरोना संक्रमित उपचार पछि विभिन्न अस्पतालबाट डिस्चार्ज भएको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका डाक्टर सेढाईले जानकारी दिए ।नेपालभरी देखिएका कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरु मध्य सबै भन्दा धेरै बागमती प्रदेशमा देखा परेका छन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०