nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

बागमती प्रदेशमा कोरोना संक्रमणको दर बढ्दै

corona-photo-1619167917.jpg

पछिल्लो समय कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि नेपालमा पनि कोरोनाको संक्रमणको दर उच्च हुँदै गएको छ । संघीय राजधानी रहेको बागमती प्रदेशमा पनि कोरोना भाइरसको संक्रमण केही दिनदेखि तीव्र रुपमा वृद्धि भएको छ । 
बागमती प्रदेशमा हालसम्म १६ हजार ६ सय २० जनामा कोरोना संक्रमण देखिएको छ भने बिहिबारमात्र ६ हजार ७ सय ८ जनाको स्वाबको नमुना परिक्षण गर्दा १ हजार २ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।प्रदेशका १३ जिल्लामध्ये काठमाडौंमा सबैभन्दा बढी कोरोना संक्रमणबाट संक्रमित भएका छन् । 

प्रदेशको सामाजिक विकास मन्त्रालयले बिहिबार सार्वजनिक गरेको तथ्याङ्कका अनुसार काठमाडौंमा मात्र ९ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै कोरोना संक्रमणबाट ललितपुरमा १ सय ६ जना भक्तपुरमा ८१ जनामा संक्रमित भएका छन् ।

प्रदेशका अन्य १० जिल्लाहरुका सहरी क्षेत्रमा कोरोनाको प्रभाव उच्च देखिएको छ । मन्त्रालयको तथ्याङ्कका अनुसार बिहिबार रसुवामा कुनैपनि कोरोना संक्रमित फेला परेका छैनन् । कोरोना संक्रमणबाट नुवाकोटमा १२ जना, धादिङमा ३ जना, चितवनमा २२ जना, सिन्धुलीमा ८ जना, मकवानपुरमा २९ जना, रामेछापमा ५ जना, दोलखामा ३ जना, काभ्रेमा १७ जना र सिन्धुपाल्चोकमा ४ जनामा संक्रमण देखिएको छ । 

बागमती प्रदेशमा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा काठमाडौंका ८० वर्षीय एक वृद्ध र भक्तपुरकी ६४ वर्षीया एक महिला रहेका छन् ।

बागमती प्रदेशका २९ जना कोरोना संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ भने ६० जना कोरोना संक्रमितहरु आइसियुमा उपचाररत रहेका छन् ।  प्रदेशका विभिन्न अस्पतालले कुल १ सय ६० भेन्टिलेटर र ४ सय १५ आइसियू बेडहरु संचालनमा ल्याएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यस्तै ४ सय २२ जना कोरोना संक्रमितहरु संस्थागत आइसोलेशनमा रहेका छन् भने होम आइसोलेशनमा ५ हजार ३ सय ७ जना रहेका छन् ।
बिहिबार २ सय ६३ जना कोरोना संक्रमितहरु निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)